भारतमा झापाकी एक महिलाको दुर्घटनामा मृत्यु

९ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


सवारी दुर्घटनामा परेर झापा गौरीगञ्जकी एक महिलाको भारतमा मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुरकी ३५ वर्षीया करिस्मा गनगाईँ रहेका छन् ।गौरीगञ्जस्थित फत्तेपुरबाट टेम्पुमा सवार भएर आफन्तको घर जाने क्रममा भारतको टेढागाछ लालपानी भन्ने स्थानमा दुर्घटना हुँदा उनको मृत्यु भएको हो । दुर्घटनामा परी सोही वडाका बबिता गनगाईं र निलम गनगाईँ सामान्य घाइते भएका छन् ।

टेम्पु अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको थियो । मृतक गनगाईंको शव परीक्षणका लागि किसनगञ्ज अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक गणेश भट्टराईले बताउनुभयो । – रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु