२३ वर्षको उमेरमा नै हजुरआमा बनेपछि 

९ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी/ २०र२५ वर्षको उमेरमा धेरैले त विवाह गर्ने सोच पनि बनाएका हुँदैनन् । तर, रोमानियामा रिफ्का नामक एक युवती २३ वर्षको कलिलो उमेरमै हजुरआमा बनेकी छिन् । किनभने युरोपमा छिटो विवाह गर्ने प्रचलन छ । र, रिफ्का १२ वर्षमा नै आमा बनेकी थिइन ।उनी २ वर्षको हुदाँ नै विवाहको छिनोफानो गरिएको थियो । तर उनले ११ वर्षमा आफ्नो पतीलाई छोडेर अर्का व्यक्तिसँग भागेर विवाह गरेकी थिइन् । १२ वर्षमा नै छोरीलाई जन्म दिएकी उनको छोरीको नाम मारिया हो । रिफ्काको छोरी मारियाको पनि छिटो नै विवाह भयो ।

उनले पनि ११ वर्षमा एउटा छोरालाई जन्म दिएकी थिइन् । मारियाले सानैमा बच्चा जन्माएका कारण रिफ्का २३ वर्षमा नै हजुरआमा बनेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया