गुल्मीको महोत्सवमा अतिथिहरुलाई होमस्टेबाट सत्कार गर्ने व्यवस्था

१० माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


कौरव खत्री / गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सारमा हुन लागेको प्रथम गुल्मी, पर्यटन,साँस्कृतिक, औद्योगिक एवं व्यापार महोत्सवको अवसरमा अतिथिहरुलाई यस क्षेत्रमा रहेका होमस्टेबाट सत्कार गर्ने व्यवस्था मिलाईएको छ ।आँउदो माघ १५ गतेदेखि २६ गतेसम्म अर्थात १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न ठाउँबाट आउने अतिथि पाहुनाहरुको इच्छा बमोजिम नगरपालिकाभित्र रहेका ३ वटा होमस्टेमा बस्ने व्यवस्था मिलाईएको महोत्सवका आयोजक मुसिकोट उद्योग वाणिज्य सघंका अध्यक्ष सुदर्शन शाक्यले जानकारी दिए ।पर्यटन वर्ष २०२० लाई लक्षित गरेर आयोजना गरिएको महोत्सवमा स्थानीय कला–संस्कृति प्रदर्शन गर्ने,अतिथि सत्कार र मौलिक उत्पादनको प्रवद्र्धन गर्नका लागि पनि होमस्टे उत्कृष्ट हुने उनको धारणा छ । साथै यसले यस क्षेत्रको प्रचार प्रसारमा पनि सहयोग पुग्ने र पर्यटन आवागमनमा वृद्धि हुने विश्वास गरिएको बताए ।प्रचारात्मक एवं सुझाव सकंलनका लागि नगरपालिकाका ९ वटै वडामा पुगेको आयोजकले स्थानीय होमस्टेलाई प्राथमिकता दिनुपर्ने सुझाव आएपछि अतिथिहरुलाई होमस्टेबाट सेवा सत्कार दिने गरी तैयारी थालेको हो ।नगरपालिकाको वडा नं ६ मा रहेको कुर्घाको स्वाँरा होमस्टे, वडा नं ७ मालारानीको मालारानी होमस्टे र वडा नं ४ को दजाकोट होमस्टेमा त्यहाँका आर्गनिक खानेकुरा, संस्कृति तथा रहनसहनका बारेमा जानकारी गराई पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने उद्देश्यले होमस्टेलाई अतिथि सत्कारको प्रमुख

प्राथमिकताका रुपमा राखिएको महोत्सव प्रचार प्रसार एवं सुचना संयोजक ज्ञानहरी सापकोटाले बताए ।साथै स्वाँरा होमस्टेमा गुरुङ्गहरुको खानाका परिकार, उनीहरुको रहनसहन र संस्कृतिले अतिथिहरुलाई स्वागत गर्ने उनको भनाई छ । त्यस्तै दजाकोट होमस्टेमा स्थानीय मगर जातीका संस्कृति, झाँकी, कोदोको विभिन्न परिकार, सँगै मालारानी होमस्टेमा स्थानीय पूराना भेषभूषा, पुराना खानेकुरा र विभिन्न ठाउँको मनोरम दृश्यावलोकन गर्न सकिने छ ।महोत्सवमा विभिन्न ठाउँबाट आउने अतिथि कलाकारहरुलाई उनीहरुले चाहेको खण्डमा होमस्टेसम्म पुग्नका लागि यातायात र न्यूनतम शुल्कमा आवास सँगै स्थानीय खानाका परिकारहरु उपलब्ध गराउने सघंका कोषाध्यक्ष गोपिकृष्ण खरेलले जानकारी दिए ।यस क्षेत्रमा रहेका होमस्टेलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गराउँदै पाहुनालाई सत्कार, सद्भावको महसुस गराउने उद्देश्यले महोत्सवको अवसरमा यस्तो व्यवस्था गरिएको उनको भनाई छ । सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नहरुबाट पाहुनालाई स्वागत गर्ने र स्थानीय सोरठी, भैलो, सरायँनाच नाचेर सांस्कृतिक मनोरञ्ज प्रदान गरिने छ ।पाहुनाका लागि लोकल कुखुराको मासु, ढिँडो, सिस्नुको तरकारी,मकै भटमास, मुलाको अचार लगायतका परिकारहरु रहने बताईएको छ ।पाहुनको अर्डर अनुसार खानाको व्यवस्थापन गरिने छ । बेलुकीको बासमा मगर जातीको हुर्रा नाचबाट सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानून ल्याउँदै अमेरिका
  • आज शनिबारको राशिफल
  • थाकस र थापस द्वारा श्रद्धान्जली कार्यक्रम सम्पन्न
  • सरकारले बलत्कारी बचाएको ने.वि.संघको दाबी
  • बिपत ब्यवस्थापन समितिको समुहले पहिरो क्षेत्रको स्थलगत अनुगमन तत्काल उद्धारमा…
  • नेपाली कांग्रेस वडा समितिद्धारा सम्मान
  • स्थानीय भन्छन् सुमित जस्तै ईन्चार्जको लहानमा खाचो छ
  • रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा साझा युवा संगठन प्रदेश नम्बर…
  • प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग