पश्चिम र मध्य तराईका स्थानहरुमा हुस्सु/कुहिरो,केही स्थानमा आंशिक बदली रहने

१० माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – जल तथा माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय रुपमा मौसमी प्रणाली सक्रिय नभएको जनाएको छ ।शुक्रबार बिहान तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले आज विहान पश्चिम र मध्य तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको र अन्य स्थानमा सामान्य रहेको जनाएको छ ।आगामी तीन दिनको मौसम पूर्वानुमानमाघ १० गते (शुक्रबार) – दिउँसो : देशको पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बादली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।रातिः देशको पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ ११ गते (शनिबार) – दिउँसो : देशका अधिकांश स्थानमा आंशिक बदली रहनेछ । रातिः देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा सामान्यतया सफा रहनेछ।माघ १२ गते (आइतबार) – दिउँसो : देशको मध्य र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ।रातिः देशको मध्य र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शतराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो रहने र ती स्थानहरुमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु हुन अनुरोध छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया