नाम मात्रैको प्रतिपक्ष राष्ट्रियसभामामा

१० माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
17 Shares


काठमाडौं – राष्ट्रियसभा निर्वाचनमा सत्तासीन नेकपा एकलौटी विजयी भएको छ। १८ सदस्यका लागि बिहीबार भएको मतदानमा नेकपाले १६ सिट जितेको हो। दुई सिट नेकपासँग गठबन्धन गरेको राजपाको भागमा परेको छ। विपक्षी कांग्रेसले सातै सिट गुमाएको छ।प्रत्येक दुई वर्षमा एकतिहाइ सांसदको कार्यकाल समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार १८ पदका लागि बिहीबार निर्वाचन भएको हो। एक सिटमा भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट पछि मनोनित हुनेछ। कांग्रेसका सातसहित १९ जना सांसदको कार्यकाल फागुन २० मा सकिँदै छ। नवनिर्वाचित राष्ट्रियसभा सदस्यको कार्यकाल फागुन २० पछि मात्र सुरु हुनेछ।

निर्वाचन आयोगका अनुसार प्रदेश १ बाट नेकपाका गोपी अछामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका छन् । अच्छामी दलिततर्फ, गौतम महिला र दाहाल अन्य समूहबाट निर्वाचित भएका हुन्।प्रदेश २ मा नेकपा–राजपा गठबन्धनका उम्मेदवारले जितेका छन्। महिला समूहतर्फ नेकपाकी तुलसाकुमारी दाहाल र दलिततर्फ नेकपाकै राधेश्याम पासवान विजयी भएका छन्। अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समूहतर्फ राजपाका शेखरकुमार सिंह र अन्यतर्फ राजपाकै मृगेन्द्रकुमार सिंह यादव निर्वाचित भएका छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया