यस वर्ष तरकारी तीन सय प्रतिशतभन्दा बढी महँगो

१० माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – दैनिक उपभोग्य वस्तु तरकारीको भाउ गत वर्षको यस अवधिको तुलनामा तीन सय प्रतिशतभन्दा बढी महँगो भएको छ । असारदेखि लगातार आकाशिएको तरकारीको भाउ अहिलेसम्म सस्तो हुन सकेको छैन । यो अहिले केही सस्तो भए पनि गत वर्ष यसै अवधिको तुलनामा ३४४ प्रतिशतसम्म महँगो भएको छकालीमाटी फलफूल तथा तरकारी विकास बजार समितिका अनुसार अघिल्लो वर्ष यसै अवधिको तुलनामा अहिले सबैभन्दा बढी महँगो सुकेको प्याज भएको छ । अघिल्लो वर्ष प्रतिकेजी २५ रुपैयाँमा कारोबार भएको प्याज अहिले प्रतिकेजीको ११५ रुपैयाँ थोकमा कारोबार भइरहेको छ । यस्तै बन्दाको मूल्य पनि अघिल्लो वर्ष यस अवधिको तुलनामा अहिले ३२२ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्ष यस अवधिमा प्रतिकेजी आठ/नौ रुपैयाँ थोकमा पाइने बन्दागोबी अहिले थोकमै प्रतिकेजीको ४० रुपैयाँमा किनबेच भइरहेको छ । त्यसैगरी अघिल्लो वर्ष यसै अवधिको तुलनामा अहिले आलु प्रतिकेजीमा ७० प्रतिशतसम्म महँगो भएको छ भने काउली ४० प्रतिशतसम्म भएको समितिले जनाएको छ ।आलु पनि गत वर्ष यस अवधिको तुलनामा अहिले ७० प्रतिशतसम्मले महँगो भएको छ । प्रतिकेजी २७/२८ रुपैयाँ थोकमा कारोबार भएको आलु अहिले सो परिणामको आलु थोकमै ५० रुपैयाँभन्दा बढी छ । समितिका अनुसार सो अवधिमा प्रतिकेजी १२ रुपैयाँमा थोकमा किनबेच भएको सेतो मुला अहिले बढेर २५ रूपैयाँ, मटरकोसा ३५ रुपैयाँ केजीबाट बढेर ६५ रुपैयाँ, पाकेको फर्सी २२ रुपैयाँबाट बढेर ४२ रुपैयाँमा कारोबार भएको छ । यो खबर गोरखापत्र दैनिकमा छापिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया