नेपाल आईसिसी टी-ट्वान्टी विश्वकपका लागि सोझै विश्वस्तरको छनोटमा प्रवेश

१० माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ – नेपालले सन् २०२१ मा भारतमा आयोजना हुने आईसिसी टी-ट्वान्टी विश्वकपका लागि सोझै विश्वस्तरको छनोटमा प्रवेश पाएको छ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले प्रतियोगिताका लागि बिहीबार सार्वजनिक गरेको छनोट रोडम्यापअनुसार नेपालसहित जिम्बावे, युएई र हङकङले विश्वस्तरको छनोटमा सोझै प्रवेश पाएका हुन् ।

विश्वस्तरको छनोटमा १६ टोली हुनेछन् जसबाट चार टोलीले विश्वकपको ढोका खोल्नेछन् । विश्वकपमा शीर्ष १२ टोलीलाई सोझै छनोट दिइएको छ ।जनवरी १, २०२० मा टीट्वेन्टी अन्तर्राष्ट्रियको वरियतामा रहने शीर्ष १६ टोलीमध्ये १३ देखि १६ औँ स्थानसम्म रहेका टोलीलाई विश्वस्तरको छनोटमा प्रवेश दिइएको हो । अन्य टोलीले क्षेत्रीय छनोट पार गरेर विश्वस्तरको छनोटमा आउनुपर्ने छ ।नेपालले सन् २०१४ मा टी(ट्वान्टी विश्वकप खेलेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला