परिवारका सात छोराछोरी नै सुरक्षा फौजमा

१० माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


डोटी –  दिपायल जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआइसिंह गाउँपालिका–६ का प्रेमराज जैसी र वासुदेवी जैसीलाइ सम्मान गरेको छ ।उनका सात सन्तानमध्ये ५ छोरा र एक छोरी नेपाली सेना र एक छोरा सशस्त्र प्रहरी बलमा कार्यरत छन् ।गणपति जहरसिंह बुढामगरले प्रमाणपत्र तथा दोसल्लाले सम्मान गरेका हुन् ।

छोराछोरीले गरेको योगदानले आफू सम्मानित भएकोमा गौरवान्वित भएको प्रेमराज जैशीले बताए । उनले भन्नुभयो, ‘मेरा छोरा छोरीको योगदानले म आज सम्मानित भए योभन्दा अरु खुशीको क्षण के हुन सक्छ र ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया