विवादित पात्रलाई सभामुख बनाउन लागेको भन्दै राष्ट्रपतिका सल्लाहकार प्यकुरेलले दिए राजीनामा

१० माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
79 Shares


काठमाडौं – द्वन्द्वकालीन मुद्दामा मुछिएका विवादित पात्र अग्‍नी सापकोटालाई सभामुख चयन गर्ने निर्णयप्रति आपत्ति जनाउँदै विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिनु भएको छ ।

राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार प्याकुरेलले पदबाट राजीनामा दिनु भएको हो ।  सरकारको नीति र कार्यशैलीप्रति असन्तुष्ट हुँदै उहाँले राजीनामा दिएको खुल्न आएको छ ।

प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नै पेस गर्नुभएको हो ।  मानवअधिकार क्षेत्रमा क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकार सम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया