संस्थागत भ्रष्टाचारलाई सरकारले नियन्त्रण गर्न सकेन : सभापती शाह

प्रकाशित मिति:

                                                 सूचना प्रबिधि बिधेयक संबिधान बिपरित छ,पास हुन दिन्नौं

सबलपोस्ट / बुटवल  – प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापती भरतकुमार शाहले नेपालमा संस्थागत भ्रष्टाचार बढ्दै गएको दाबि गरेका छन् । उनले राज्य नै संस्थागत भ्रष्टाचारमा लाग्दा भयावह अबस्था आउन लागेको समेत चेतावनी दिए ।
बुटवलमा रिपोर्टर्स क्लव प्रदेश ५ ले आज आयोजना गरको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले भ्रष्टाचार कम गर्ने नारा मात्रै भट्टाउने तर ब्यबहारमा त्यसको उल्टो भैरहेको तर्क गरे ।

शाहले आफ्नो समितिले बेरुजु फस्यौर्टको काम गरिरहेको भन्दै नेपालमा अहिलेपनि ७ खर्ब बेरुजु रहेको बताए । ‘हामी प्रहरी,अख्तियार होइनौं,कारबाहि गर्न पनि हामीले मिल्दैन तर कहा अनियमितता भएको छ खोज्छौं यथार्थ तथ्य सहित कारबाहिका लागि सिफारिस गर्छाै ।’ उनले भने । अदालत,वाइडबढी,एनसेल,गोकर्ण,बालुवाटार लगायतका काण्डमा छानबिन भैरहेको र कतिपय काण्डमा आफुहरुले गरेको निश्कर्ष नै अन्तिम भएको बताए ।

शाहले समय आएपछि सबै कुरा दुधको दुध र पानीको पानी हुने कुरामा आफु विश्वस्त रहेको बताए । उनले भने —‘अहिले हामी डाटा कलेक्सनमा छौ त्यो काम सकेर छिटट्ै सम्पुर्ण विवरण तथ्यसहित सार्वजनिक गर्नेछौ । ’ कांग्रेस नेता शाहले संविधान अनुसार सभामुख वा उप—सभामुख फरक फक दल र लिंगको हुनुपर्ने हो यो पटक सत्ताधारीको नैतिमता लोकतन्त्र हेर्नुपर्ने बताए ।

सूचना प्रबिधि विधयेक संविधान विपरित र लोकतान्त्रिक व्यवस्थाको खिलाफ ,मानव अधिकार विरोभी भएकाले कांग्रेसले पास गर्न नदिने उनको भनाइ छ । फरक प्रशंगमा शाहले प्रदेश ५ को स्थायी राजधानीको अहिलेकै ठांउमा हुने दाबि गरे । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता बिष्णु पोखरेल , हरी न्यौपाने, पत्रकार महासंघ प्रदेश ५ का सदस्य बिक्रम खड्का, बिपी बिचार राष्ट्रिय समाजका जिल्ला सचिब कृष्ण पोखरेल लगायतको उपस्थित रहेको थियो । कपिल ज्ञवालीको संचालनमा भएको कार्यक्रमको अध्यक्षता रामकुमार क्षेत्रीले गरेका थिए ।

थप समाचार