बिहानै विस्फोट भएपछि स्थानीय त्रसित

१० माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी  – अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा शुक्रबार ठूलो विस्फोट भएको प्रहरीले बताएको छ । बिहानै विस्फोट भएपछि स्थानीयलाई त्रसित बनेका थिए ।शहरको पश्चिमी क्षेत्रमा विस्फोट भएपछि प्रहरी त्यसतर्फ गएको थियो भने सुरक्षा प्रशासनले शहरमा भीडभाड नगर्न आग्रह गरेको ह्युस्टन प्रहरीले जनाएको छ ।

अमेरिकी समाचार संस्था सीएनएनले विस्फोट बिहान ४ः१५ मा भएको र शहरको पश्चिमी क्षेत्रका केही भवनहरू बेसरी थर्किएका थिए ।केही स्थानीयले आफ्नो घरमा भ्यालका शिशाहरू चर्किएको बताएका छन् । समाचार सङ्कलन गर्दासम्म घटनामा कोही घाइते भएका वा नभएकाबारे थप विवरण उपलब्ध भइसकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया