गाउँपालिकाका अध्यक्ष ८ लाख घुससहित पक्राउ

१० माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


सुर्खेत – जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।स्थानीय स्तरमा निर्मित सडकको बिल भुक्तानीबापत लिएको घुससहित गाउँपालिका अध्यक्ष केसी पक्राउ परेका हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले अध्यक्ष केसीलाई ८ लाख घुस रकम लिँदा लिँदै पक्राउ

गरेको हो ।केसीसँगै रहेका अर्का व्यक्ति चन्द्र बहादुर बस्नेत पनि पक्राउ परेका छन् । घुस लेनदेन प्रकरणमा संलग्न रहेको देखिएपछि बस्नेतलाई पनि पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले खबरहबलाई जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया