प्रदेश नम्बर ५ मा शतिशाली मदरसा बोर्ड गठन हुनुपर्छ : महासचिव मौलाना मसहद

प्रकाशित मिति:

इमरान खान
कपिलवस्तु २२ आश्विन । एकिकृत अखिल नेपाल शिक्षक संघको आयोजनामा बुद्धभूमि नगरपालिका २ गोरुसिंगे स्थित गौतमबुद्ध माध्यमिक बिद्यालयमा प्रदेश स्तरीय शिक्षाका समस्याका बारेमा छलफल भएको छ ।

संघका प्रदेश अध्यक्ष मदन शर्मा, केन्द्रिय उपाध्यक्ष ऋषिराम चापागाई, प्रदेश इन्चार्ज वसना अधिकारी, प्रदेश सचिव जग प्रसाद शर्मा, शिक्षक महासंघ केन्द्रीय समितीका सदस्य प्रमोद मिश्रा, राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अल्कूफी, राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलाना मसहूद खाँ नेपालीे र पार्टी सदस्य नारायण भुसाल लगायतको सहभागीतामा शिक्षामा देखिएका समस्या र समाधानका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलाना मसहद खाँ नेपालीले प्रदेश नम्बर २ मा मदरसा बोर्ड गठन जसरी गरिएको छ त्यही अनुरुप प्रदेश नम्बर ५ मा शतिmशाली मदरसा बोर्ड गठन गर्नुपर्ने जोडदार माग गरेका छन ।त्यसतै गरी महासचिव खाँ नेपालीले मदरसाबाट बिधाथीहरुपढेर बहिर पढन गएको बेला नेपाल सरकारले एन. ओ. सी. नदिएर अल्पसंख्याक सांस्कृति मेटाउन नेपाल सरकारलाई अरोप समेत लगाएका छन । सोही अवसरमा मुस्लिम अल्पसंख्यक बालबालिकाको मदरसा शिक्षालाई सरकारी बिद्यालय सरह मान्यता दिनुपर्ने बाताएका थिए । राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अल्कूफीले धार्मिक मदरसालाई नेपाल सरकारले सरकारी सरह मान्यता नदिएर मुस्लिम समुदायलाई पछाडी हटाउन खोजेको अरोप लगाएका छन ।

ऋषिराम चापागाईले राष्ट्रिय मदरसा संघले उठाएको माग प्रति हाम्रो समर्थन रहेको कुरा व्यक्त गरेका छन । कार्यक्रममा मदन शर्माले राष्ट्रिय मदरसा संघ नेपालको मागलाई सहयोग गर्न आफू तैयार रहेको साथै यस सम्बेदनशील बिषयमा समाजिक कल्याण विकाष मन्त्री सुर्दशन बरालसंग छलफल गर्ने कुरा ब्यक्त गरेका छन ।