आज सोनाम ल्होसार विभिन्न कार्यक्रम गरी मनाइँदै

११ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं –  आज सोनाम ल्होसार । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।

यस अवसरमा नेपाल तामाङ घेदुङले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया