यसकारण भगवान शिवले लगाउँछन् बाघको छाला

११ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


भगवान शिव भन्ने बित्तिकै तपाईंलाई एउटा स्वरुपको याद हुन्छ । हातमा त्रिशुल लिएका, बाघको छाला बेरेका, शिरमा चन्द्रमा र गंगासहित नागको माला लगाएका ।धर्मग्रन्थहरूमा भगवान शिवको जुन स्वरुपको वर्णन गरिएको छ त्यो निकै आश्चर्यजनक छ ।के तपाईंले कहिल्यै सोच्नु भएको छ रु शिवजीले बाघको छाला किन लगाए रु जति पनि तपाईंले तस्वीर देख्नु भएको छ त्यसमा शिवजी कि त बाघको छाला लगाएको अवस्थामा वा बाघको छालामाथि बसेको अवस्थामा देख्नु भएको छ ।आखिर शिवजीले किन बाघको छाला लगाए रु यो प्रश्नको जवाफ शिव पुराणमा पाउन सकिन्छ । जसमा भगवान शिव र बाघसँग सम्बन्धित प्रसंग रहेको छ ।पौराणिक कथाअनुसार भगवान शिव एक पटक ब्रह्माण्डको भ्रमणका क्रममा एक जंगलमा पुगे । जहाँ ऋषि मुनिको बासस्थान थियो, ऋषिमुनि परिवारसँग बस्थे ।

यो जंगलमा भगवान शिव निर्वस्त्र घुम्थे । शिवजी यो कुराबारे जानकार थिएनन् कि उनले बस्त्र पहिरिएका छैनन् ।भगवान शिवको आकर्षक शरीर देखेर ऋषिमुनिका पत्नीहरू भगवान शिवप्रति आकर्षित भए ।सबै काम छोडेर ऋषि पत्नीहरू शिवजीको पछि लाग्न थालेपछि ऋषिहरू तनावमा परे र उनीहरू शिवसँग क्रोधित भए । तर उनीहरूले निवस्त्र हिँड्ने भगवान शिव हुन् भन्ने चिनेनन् ।त्यसपछि ऋषिहरूले निर्वस्त्र व्यक्तिलाई सजाय दिने उपाय रचे ।ऋषिहरूले वनमा एउटा ठूलो खाल्डो खनेर शिवजीका लागि पासो थापे । उक्त पासोमा शिवजी परे ।त्यो गहिरो खाल्डोमा ऋषिहरुले एउटा बाघ पनि हालिदिए ताकि त्यसले ति निर्वस्त्र व्यक्ति९शिवजी०लाई खाओस् ।तर त्यस्तो भएन । खाल्टोबाट ति निर्वस्त्र व्यक्ति बाघको छाला बेरेर निस्किए । बाघलाई मारेर शिवजीले छाला धारण गरे । त्यसपछि मात्र ऋषिहरूले ति समान्य व्यक्ति नभएको थाहा पाए ।त्यसदिनदेखि भगवान शिवजीले बाघको छाला लगाउने वा त्यसमाथि बस्ने गरेको शिव पुराणमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया