यस वर्ष सरस्वती पूजा उत्तम योगमा,कसरी गर्ने सरस्वतीको पुजा

११ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
16K Shares


वसन्त पञ्चमी सरस्वतीको जन्म दिन हो । यसदिन सरस्वतीमाताको पुजा गर्ने चलन वर्षौदेखि चलिआएको परम्परा हो । सृष्टि निर्माणको समयमा सरस्वती वसन्त पंचमीको दिन प्रकट भएकी मान्यता रहिआएकाृे छ । अन्तत यस दिनमा सरस्वतकिो जन्म दिनको रुपमा मनाउने गरिएको छ । यसैले सरस्वती मा लाई पुजा अर्चना र वन्दना गरिने प्रचलन रहेको छ । यस वर्ष वसन्त पंचमी २९ जनवरी २०२०, बुधवार देखि ३० जनवरी २०२० गुरुवार सम्म मनाउने चलन रहेको छ ।कसरी गर्ने सरस्वतीको पुजा – वसन्त पञ्चमीको दिन सरस्वती पुजा गर्नको लागि पहिला सरस्वती माताको तस्वीर राख्नु पर्छ । यसपछि कलश स्थापित गरी गणेश तथा नव ग्रहको विधिवत पुजा गर्नु पर्छ । त्यपछि माता सरस्वतीको पुजा गर्ने । सरस्वती माताको गर्ने समयमा सबैभन्दा पहिला आचमन वा स्नान गराउने , यसपछि मातालाई फुल एंव माला चढाउने सरस्वती माताको सिन्दुर एंव श्रृंगारका वस्तु चढाउनुपर्छ।वसन्त पञ्चमीको दिन सरस्वती माताको चरणमा गुलाब चढाउनुपर्छ ।

देवी सरस्वती सेतो वस्त्र धारण गराउनु पर्छ । त्यसैले उनलाई सेतो वस्त्र लगाइदिनु पर्छ ।सरस्वती पुजाका अवसरमा माता सरस्वतकिो पहेलो फल चढाउनु पर्छ । प्रसादको रुपमा मौसमी फल चढाउनु पर्छ । यस दिन सरस्वती मातालाई पुरी र खीरका भोग लगाउनु पर्छ ।सस्वती माताको नाममा उक्त दिन हवन गर्नुपर्छ । हवनका लागी भसमि मा सवा हात चारै तिर नापेर एक स्थानमा गर्नु पर्छ । त्यस ठाउँमा गँगाजल छरेर पवित्र बनाउनु पर्छ । यसरी पविद्दत्र गरेपछि साना साना केटिहरुबाट दिप प्रज्वलित गराउनु पर्छ । हवनकोे समयमा गणेश र नवग्रहको नाम सहित काठ हवन गराउनु पर्छ ।सरस्वती माताको नामबाट ‘ऊँ श्री सरस्वतयै नमः स्वाहा’ यस मन्त्रबाट १०८ हवन गनुपर्छ ।हवनपछि सरस्वती माताकोआरती गरी र हवनमा आगो लगाउनु पर्छ । यसरी पुजा गर्दा सरस्वती देवीको आर्शिवाद प्राप्त हुने गर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • उपकुलपतिको नियुक्त नहुदाँ पोखरा विश्वविद्यालयमा नेविसंघको रिलेअनसन कायमै
  • एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न
  • अमेरिकामा बस्ने नेपालिलाइ नेपालबाट डलर ल्याउने लैजाने सम्बन्धि जानकारि।
  • मेलम्ची पहिरोमा परी आठ मजदुरको मृत्यु
  • परीक्षा लिन लागेको भन्दै रुपन्देहीका बिद्यार्थी सडकमा
  • गैडहवामा मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत १ सय ८० बिपन्न…
  • आज साउन १९ गते सोमबारको राशिफल
  • जिल्ला संगठन बिभागद्धारा स्थानीय तह र वडा सभापतीहरुकालागि प्रशिक्षण सम्पन्न
  • भलवारी ब्याडमिन्टन क्लवको प्रथम साधारण सभा सम्पन्न
  • नेपाल रेडक्रसको तदर्थ समितिको पदवहाली -श्वेत पत्र जारी गरिने