शक्तिशाली भूकम्प, १४ जनाको मृत्यु

११ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी – टर्कीमा शक्तिशाली भूकम्प गएको छ । टर्कीको पूर्वी क्षेत्र केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पका कारण कम्तिमा १४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।एलाजिग् प्रान्तको सिभ्रिस बजार केन्द्र भएर गएको भूकम्पका कारण भवनहरु भत्किएका छन् । भूकम्पको धक्का सिरिया, लेबनान तथा इरानसम्म महसुस भएको थियो ।टर्कीमा बेलाबेलामा भूकम्प गइरहन्छ । सन् १९९९ मा गएको शक्तिशाली भूकम्पका कारण १७ हजार मानिसको ज्यान गएको थियो ।

स्थानीय समय अनुसार शुक्रबार राति ८ बजेर ५५ मिनेट जाँदा ९नेपाली समय अनुसार राति ११ बजेर ४० मिनेट भूकम्प गएको हो ।अहिले उद्धार तथा राहतको काम भइरहेको विपद तथा आपतकालीन अवस्था व्यवस्थापन एजेन्सीले जनाएको छ । प्रभावित क्षेत्रमा ४० सयभन्दा बढी उद्धार टोली खटिएका छन् ।भूकम्पका कारण प्रभावित भएको क्षेत्र राजधानी अंकाराबाट ५ सय ५० किलोमिटर पूर्वमा पर्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया