फुलबारीको केन्द्रिय कार्यालय शुभारम्भ

११ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
22 Shares


बुटवल  – फुलबारी बचत तथा ऋण सहकारी सस्था लिमीटेडले वडा नम्बर १ मा केन्द्रिय कार्यालयको शुभारम्भ गरेको छ । सहरकारीले आज एक कार्यक्रमको आयोजना गरी वडा नम्बर २ मा रहेको आफ्नो कार्यलयलाई वडा नम्बर १ मा सांर्दै केन्द्रिय कार्यालयको शुभारम्भ गरेको हो ।
बुटवल उपमहानगरपालीका वडा नम्बर १ कदम चोकमा सहकारीको केन्दिय कार्यालयको वडा नम्बर १ का वडा अध्यक्ष महेन्द्र लिगलले रिबन काटेर उद्घाटन गर्नु भयो ।कार्यालयको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका लिगलले वडा नम्बर १ मा हाल सम्म एउटा पनि सहकारी संचालनमा नरहेको बताउदै उहाँले फुलबारी सहकारीले इतिहास रचेको बताउनु भयो । उहाँले वडा नम्बर १ को बिकासको लागी वडा बासीको सहयोग र सहकार्य आवश्यक समेत रहेको बताउदै आफ्नो वडामा पहिलो पटक सहकारीले घर आगनमा नै आएर बित्तिय सेवा संचालन गर्न लागेको भन्दै शुभकामना समेत दिनु भयो ।

फुलबारी सहकारीको केन्द्रिय कार्यालय उद्घाटनको अवसरमा सहकारी नयाँ शेयर सदस्य एव सहकारीले संचालन गरेको निशुल्क सिपमुलक तालिममा सहभागीलाई सम्मान समेत गरिएको थियो । सोा अवसरमा सहकारीले वडा नम्बर १ मा रहेको सरस्वती आधारभुत बिद्यालयलाइ पाचँ थान कुर्चि समेत सहयोग हस्तान्तरण गरेको सहकारीका व्यवस्थापक नारायण भुषालले जानकारी दिनु भयो ।फुलबारी सहकारीका अध्यक्ष चन्द्रमणी भन्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कोरिया नेपाल इन्ष्टिच्युटका उपप्रमुख इ किरण काफ्ले, राष्ट्रिय सहकारी बैक बुटवलका प्रबन्धक नरेश पाण्डे, सरस्वती आधारभुत विद्यालयका संचालक समिती अध्यक्ष सुमेन्द्र श्रेष्ठ, समाजसेवी छबिलाल नेपाल लगायतले शुभकामना दिनु भएको थियो । सहकारीका सल्लाहाकार रुक्मागंत पाण्डेको स्वागत रहेको कार्यक्रमको संचालन सचिव रोशन पाण्डेले गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बर्दघाट नगरपालिकाद्वारा वडा न १४ मा १ सय ४ घरपरिवारलाई…
  • छिमेकीले बाढें छिमेकीलाई राहत
  • मेयरले नै राहात कोषमा तवल जम्मा गरेपछि…….
  • उवासंघ नवलपरासीद्धारा सस्तो घुम्ती पसलबाट सेवा प्रदान
  • कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ? : डा.…
  • प्रधानमन्त्रीका आइटी विज्ञले अनलाईन नियन्त्रणमा लिएर समाचार हटाएको आरोप
  • सिमानाकामा अलपत्रको उद्धार गर– कांग्रेस रुपन्देही
  • कारोना अस्पताल मृत्यु प्रकरण:पिडित परिवारलाई क्षतिपुर्ति दिन तरुण दलको माग
  • मौरी किसानलाई सवारी पास उपलब्ध गराउन सर्लाहीकामौरी किसानले माग
  • मजदुरहरुलाई राहात दिन उवासंघले सञ्चालन गरयो राहात कोष