पार्टीमा मेरो भन्दा पनि हाम्रो भन्ने बनाउन नेतृत्वले पहल गर्नुपर्छ : कोइराला

११ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


विराटनगर  – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजता कोइरालाले पार्टी नेतृत्व नसच्चिए कांग्रेसको अस्तित्व गुम्न सक्ने बताएकी छन्।शनिबार विराटनगरमा आयोजित पात्रकार सम्मेलनमा बोल्दै कोइरालाले पार्टीलाई बचाई राख्न नेतृत्व सचिनुको विकल्प नरहेको बताएकी हुन्। ‘अब पार्टीमा मेरो भन्दा पनि हाम्रो भन्ने बनाउन नेतृत्वले पहल गर्नुपर्ने अवस्था आएको छ’, उनले भनिन्, ‘जबसम्म मेरो भन्ने भावनाको अन्त्य हुँदैन तबसम्म पार्टी संकटमा सँधै पर्छ। पार्टी बनाउन नेतृत्व सच्चिनुपर्छ।’नेतृत्वमा नयाँ अनुहार अवश्यक रहेको बताउँदै उनले सहमति, सहकार्य र

एकताका साथ अघि बढ्ने नेतृत्व पार्टीलाई चाहिएको बताइन्। शीर्षस्थ नेतामा नेतृत्वको लोभ देखिन नहुने बताउँदै उनले भनिन्, ‘नेताहरुले अब आफ्ना स्वार्थलाई त्याग्नुपर्छ।’पार्टीलाई नयाँ गति र ऊर्जा प्रदान गर्न कोइराला परिवारका नेतृत्व पछिल्लो समय एकै ठाउँमा उभिएको उनको भनाइ छ। उनले सबैलाई मिलाएर लैजाने क्षमता कोइराला परिवारमा अहिले पनि रहेको दाबी गरिन्।अमेरिकी सहयोग एमसीसी परियोजनाका विषयमा बोल्दै नेतृ कोइरालाले यो परियोजना राष्ट्र हितमा रहेको बताइन्। ‘परियोजनाको सम्झौतामा त्रुटी भेटिए सच्याउनुपर्छ, नत्र विवाद गर्न आवश्यक छैन’, उनले भनिन्, ‘यसले देशको हितनै गर्छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया