नवलपरासीको सुस्ता १ मा थारु गायन एवं नृत्य प्रतियोगिता सम्पन्न

११ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
68 Shares


रामु भुसाल  / नवलपरासी – थारु ग्लोबल मञ्च पश्चिम नवलपरासी र थारु कल्याणकारिणी सभा पश्चिम नवलपरासीको सयुक्त आयोजनामा थारु गायन एवं नृत्य प्रतियोगिता शनिबार सुस्ता १ सिग्ँहा बरुवामा सम्पन्न भएको छ । मञ्चका जिल्ला अध्यक्ष डोल कुमारी चौधरीको अध्यक्षता, सुस्ता गाउपालिकाकी उपाध्यक्ष ईन्द्र कुमारी थरुनीको प्रमुख आतिथ्यता एवं प्रतापपुर गाउपालिका उपाध्यक्ष अन्जु चौधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सुस्ता वडा नम्बर १ का वडाध्यक्ष अशोक चौधरी, थारु कल्याणकारिणी सभाका पुर्व जिल्ला अध्यक्ष एवं सल्लाहकार पुरन चौधरी लगाएतले मन्तब्य राख्दै राज्यले सबै जाति भाष धर्मलाई समेट्न नसकेको र विशेष गरि थारु समुदायलाई राज्यको मुलधारमा ल्याउन नसकेको आरोप लगाउनुभयो ।साथै उहाँहरुले आफ्नो पहिचान जोगाउन स्वंयम थारु समुदाय नै लाग्नुपर्ने र यस्ता कार्यक्रमहरुले सो का लगाी टेवा पुग्ने बताउदै सबै थारु

समुदाय जुटेर भाषा सरक्षणमा लाग्दै आउदो पुस्तालाई समेत हस्तान्तरण गर्न सकनुपर्ने जरुरी रहेको बताएका थिए । सो अवसरमा नृत्य तर्फ ५ समुह र गायन तर्फ ८ जनाको प्रस्तुती रहेकोमा यस कल्चरल राउण्डबाट उत्कृष्ट हुने प्रतियोगीहरु अर्को राउण्डमा प्रबेश गर्ने आयोजकले जनाएको छ । सो प्रतियोगितामा ६० प्रतिशत जज र ४० प्रतिशत भोटिंग सिष्टम रहेको थियो । सो अवसरमा थारु राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहेको कार्यक्रममा थारु पत्रकार संघ नवलपरासीका जिल्ला सचिव सन्ध्या महतोको स्वागत मन्तब्य रहेको थियो भने औपचारिक कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ईन्द्र चौधरीले गर्नुभएको थियो भने प्रतियोगताको सञ्चालन मञ्चका सचिव अम्रिता चौधरी र शम्भु चौधरीले गर्नुभएको थियो । थारु जातिको नया बर्ष २६४४ को अवसर तथा पर्यटन बर्ष २०२० लाई लक्षित गरि कला सस्कृतीको प्रबद्र्धन गर्नका लाग सो प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • प्रदेश २ कै नमुना ह्याच्री उधोग सिरहाको लहानमा संचालन
  • कर्णाली प्रदेशमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न
  • शनिदेबको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • स्व.वि.यु विहिन क्याम्पस बनाउन सरकार नै लाग्यो : महामन्त्री पाण्डेय
  • सभापति श्रेष्ठको निधन प्रती भरत कुमार शाहद्वारा दुख व्यक्त 
  • रोट्रयाक्ट डाउनटाउनको साप्ताहिक कार्यक्रम
  • शाइन रेसुंगा बैंक सामाजिक कार्यमा सक्रिय: बनाइदियो मन्दिरमा ट्रष्ट
  • बर्दघाट खानेपानीका नव निर्वाचित पदाधिकारीहरुले लिए सपथ 
  • गुल्मीको धुर्कोटमा बेवारिसे शव फेला
  • शैक्षिक ईज्यत जोगाउने चोली ‘संस्थागत विद्यालय’ लाई विभेद नगर्न राज्यलाई…