प्रदेश १ का सांसदले लगाए लोगो (हेर्नुहोस् लोगो)

प्रकाशित मिति:

२२ असोज, विराटनगर । प्रदेशसभा १ का सांसदहरुलाई सोमबार लोगो वितरण गरिएको छ । प्रदेश सभा सचिवालयले सोमबार एक कार्यक्रमको आयोजना गरी सदस्यहरुलाई लोगो वितरण गरेको हो ।

सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई लोगो लगाइदिएर कार्यक्रमको सुभारम्भ गरेका थिए । सभामुख भण्डारीलाई मुख्यमन्त्री राईले पनि प्रदेशको लोगो लगाई दिएका थिए । त्यसपछि क्रमश सरकारका सदस्यहरु साथै प्रदेश सदस्यहरुलाई सभामुख भण्डारीले लोगो वितरण गरेका थिए ।

उनले कार्य व्यवस्था परामर्श समितिले पार गरेको लोगो प्रयोगमा ल्याइएको जानकारी दिए । प्रदेश सदस्यहरुका लागि यसअघि नै खैरो रंगको कोट पोशाकको हकमा अनिवार्य गरिएको छ ।

यो लोगो सुनसरी इटहरीका कलाकार विक्रम श्रीले कला भरेका हुन् । प्रदेश सभा सचिवालयले सार्वजनिक सूचना प्रकाशित गरी लोगोको नमुना माग गरेको थियो ।

प्रदेशसभा सचिवालयमा जम्मा २ वटा लोगो प्रतिस्पर्धामा आएका थिए ।त्यसमध्ये कलाकार श्रीले तयार कला भरेको लोगोलाई मान्यता दिइएको थियो ।

लोगो हेर्नुहोस् :-