मायादेवी विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

११ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
51 Shares


बुटवल  –  बुटवल वडा नंं ११ को सुकुम्बासी वस्ती न्यू दुर्गानगरस्थित मायादेवी जनजागृति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र अभिभावकहरुलाई कोट पाइन्ट बांडिएको छ । फेसबुक ग्रुप ‘नेपलिज ब्रदर्श रुम’ (एन.बि.आर.) विद्यालयमा पढ्ने ८० जना बिद्यार्थीलाई झोला, कापि तथा कलम दिएको हो । एनबिआर रुपन्देहीका संयोजक राजु टण्डन, एनबिआरका संस्थापक मुकुन्द पौडेल लगायतले विद्यार्थीलाई शैक्षिक सामग्री दिएका हुन् । २०७२ साल भदौमा स्थापित सामाजिक सञ्जाल फेसबुक ग्रुप एनबिआरमा हाल ४६ हजार सदस्य छन् भने एनबिआरले सामाजिक न्याय, प्राकृतिक प्रकोप, खानेपानी, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको एनबिआरका संस्थापक मुकुन्द पौडेलले बताए ।

यस्तै लियो क्लब अफ बुटवल सिद्धबाबाले बिद्यालयका अभिभावक र अन्य गरी सो क्षेत्रका एक सय ६० जनालाई कोट पाइन्ट वितरण गरेको छ। सुकुम्बासी वस्तीका विपन्न नागकोट पाइन्ट बांडिएको क्लबका अध्यक्ष बरुण घिमिरेले बताए । सो कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक माधव लोहनी,विद्यालय व्यबस्थापन समितिका अध्यक्ष धनबहादुर गुरुङ्ले बुटवल उपमहानगरपालिका भित्रको बिद्यालय भएपनि सरकारी निकायबाट पर्याप्त सहयोग नभएको बताउँदै सामाजिक संघसंस्थाको सहयोगबाट पछिल्लो समयमा बिद्यालयमा पठनपाठन सुधार हुँदै गएको बताए । बिद्यालयमा विपन्न र मजदुर वर्गका छोराछोरीले पढ्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • प्रदेश २ कै नमुना ह्याच्री उधोग सिरहाको लहानमा संचालन
  • कर्णाली प्रदेशमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न
  • शनिदेबको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • स्व.वि.यु विहिन क्याम्पस बनाउन सरकार नै लाग्यो : महामन्त्री पाण्डेय
  • सभापति श्रेष्ठको निधन प्रती भरत कुमार शाहद्वारा दुख व्यक्त 
  • रोट्रयाक्ट डाउनटाउनको साप्ताहिक कार्यक्रम
  • शाइन रेसुंगा बैंक सामाजिक कार्यमा सक्रिय: बनाइदियो मन्दिरमा ट्रष्ट
  • बर्दघाट खानेपानीका नव निर्वाचित पदाधिकारीहरुले लिए सपथ 
  • गुल्मीको धुर्कोटमा बेवारिसे शव फेला
  • शैक्षिक ईज्यत जोगाउने चोली ‘संस्थागत विद्यालय’ लाई विभेद नगर्न राज्यलाई…