बिषादीमुक्त कृषी उत्पादन सहकारीबाट मात्र संभव : नेता खाँण

प्रकाशित मिति:

तिलोत्तमा/तिलोत्तमा बहुमुखी सहकारी संस्था लि। ति न पा २ ले आफ्ना सहकारीमा बधाई तथा सम्मान कार्यक्रममा नेपाली कांग्रेसका संसदीय दलका नेता बालकृष्ण खाँणले नेपालको बिकास र जनताको आर्थिक बिकासमा सहकारीक्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको छ।कृषिमा आधुनिकीकरण गर्न र किशानको जीवनस्तर माथी उठाउनका लागि सहकारिले जुन काम गरिरहेका छन ती सहकारी हरूलाई राज्यले उचित प्रोत्साहन गर्न सकिरहेको छैन । सहकारीहरूले पनि अब बचत र ऋण संकलन मात्र होइन उत्पादनमा जोडिनु पर्दछ । अब हरेक सहकारिले बिषादीरहित कृषि उत्पादन गर्नु पर्ने र नेपाली जनताको चुल्होमा बिषादी रहित कृषि उत्पादन पुर्‍याउनु पर्ने बताउदै तिलोत्तमा बहुमुखी सहकारीले पनि त्यसतर्फ आफ्ना योजनाहरू अगाडि बढोस् भन्ने शुभकामना व्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममा राष्ट्रिय सहकारी महासंघको २७ औ साधारणसभा बाट संचालक पदमा निर्बिरोध निर्वाचित सहकारीका सल्लाहकार श्री रामकृष्ण खाँण , भारतमा भएको अन्तरास्ट्रिय कराते प्रतियोगिताको दसवर्ष उमेर समुहको इभेण्टमा स्वर्ण पदक प्राप्त गर्ने अमिशा पोख्रेल एवं आनन्दवन शंकरनगर खानेपानी संस्थाको निर्वाचनमा उपाध्यक्ष पदमा निर्बिरोध निर्वाचित किशिर कुमार क्षेत्री , पार्षद रामबहादुर खड्का , विजेश न्यौपाने , रामबहादुर खड्का एल जि शाह हुनु भएको हुदा उहाँ लगायत तिलोत्तमा औद्योगिक व्यापार मेलाको प्रभात फेरिमा सान्त्वना स्थान हासिल गर्न सफल सिस्टर्स सोसाइटी समेतलाई हार्दिक बधाई सहित सम्मान गरिएको थियो ।३२ सय भन्दा बढी शेयर सदस्य र ४० करोड भन्दा बढी कारोबार भएको तिलोत्तमा बहुमुखी सहकारी संस्थाले विभिन्न कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ । तिलोत्तमाको व्यपार मेलामा सहकारीको सिस्टर्स सोसाइटीका सदस्यहरूले उत्पादन गरेका हस्तकला सम्बन्धी सामाग्रीहरू बिक्रीका लागि स्टल नं ३७ मा राखिएकाले सबै सहकारी सदस्यहरूले अवलोकन गरिदिनका लागि समेत आग्रह गरिएको छ ।माधवलाल देवकोटाको अध्यक्षता र पार्वती थापाको सचालनमा भएको उक्त कार्यक्रममा संस्थाका संरक्षक क्या- यम बहादुर खत्री , संस्थाका उपाध्यक्ष हरि प्रसाद तिवारी , सिस्टर्स सोसाइटीका सचिवालय समितिका अध्यक्ष यादा क्षेत्री लगायत्ले बोल्नु भएको थियो ।