स्पेनिस ला लिगामा भ्यालेन्सियासँग बार्सिलोना पराजित

प्रकाशित मिति:

काठमाडौं/स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले स्तब्धपूर्ण नतिजा आत्मसाथ गरेको छ ।शनिबार राति भएको खेलमा घरेलु टोली भ्यालेन्सियाले बार्सिलोनालाई २–० ले हराएको हो । हारसंगै बार्सिलोनाले लिगमा तीन अंकको अग्रता लिने अवसर गुमाएको छ ।जोर्डी अल्बोको आत्मघाती गोलसँगै भ्यालेन्सियाले ४८ औं मिनेटमा अग्रता लिएको थियो । ७७ औ मिनेटमा म्याक्सी गोमेजले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।खेलको १२ औं मिनेटमा भ्यालेन्सियाले खेलमा अग्रता लिने अवसर गुमाएको थियो । ड्यानी गोमेजको पेनाल्टी प्रहारलाई बार्सिलोनाका गोलकिपर टेर स्टिगेनले उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए ।

क्विक सेटियन बार्सिलोनाको मुख्य प्रशिक्षकमा आएपछि पहिलो हार ब्यहोरेका छन् । सन् २००७ पछि घरेलु मैदानमा भ्यालेन्सियाले बार्सिलोनामाथि पहिलो जित दर्ता गराएको छ ।बार्सिलोनाको २० खेलबाट ४३ अंक छ । भ्यालेन्सिया ३४ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।