६ दिनभित्रै हजार शैंयाको अस्पताल बनाउँदै चीन

प्रकाशित मिति:

एजेन्सी /घातक कोरोना भाइरसबाट प्रभावित चीनको वुहान शहरमा ६ दिनभित्र एउटा अस्पताल बनाउने काम भइरहेको छ ।कोरोना भाइरसबाट प्रभावितहरुको उपचारका लागि यस्तो निर्णय लिइएको हो । चीनमा अहिलेसम्म कोरोनाभाइरसबाट एक हजार चार सयभन्दा बढी सङ्क्रमित भएका छन् भने ४२ जनाको ज्यान गइसकेको छ ।एक करोड १० लाख जनसङ्ख्या रहेको वुहान शहरबाट नै कोरोना भाइरस फैलन सुरु भएको थियो । अहिलेसम्म यो भाइरस अमेरिका, जापान, थाइल्याण्ड, दक्षिण कोरिया र फ्रान्ससम्म पुगिसकेको छ । वुहानका अस्पतालको स्थिति अहिले चिन्ताजनक छ ।

अस्पतालमा बिरामीहरुको भिड लागेको छ, औषधि र पसलको स्टक समाप्त भए पनि माग बढिरहेको छ ।चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार ६ दिनमा बन्न लागेको अस्पताल एक हजार शैय्याको हुनेछ । अस्पताल बनाउनका लागि २५ हजार वर्ग मिटर क्षेत्रफलको इलाकामा खन्ने काम भइरहेको छ ।सन् २००३ मा चीनको बेइजिङ शहरमा सार्स भाइरसबाट बच्नको लागि आनन–फाननमा एउटाअस्पताल बनाइएको थियो । हावर्ड मेडिकल स्कुलमा ग्लोबल हेल्थ एण्ड सोसल मेडिसिन विषयमा प्राध्यापन गर्ने जोआन कफम्यानले भने, ‘यो अस्पताल कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको उपचारको लागि बनाउन लागिएको हो । यो अस्पतालमा कोरोना भाइरसबाट सङ्क्रमित भएका मानिसहरु आउने छन् ।’