एनआइसी एशिया बैंकको शेयर किन्न झुम्मिए लगानीकर्ता

प्रकाशित मिति:

पछिल्लो समय एनआइसी एशिया बैंकप्रति लगानीकर्ता झुम्मिएका छन् । गत साता उक्त बैंकको शेयर सबैभन्दा बढी रकमको कारोबार हुने कम्पनीमध्ये टप फाइभमा परेकोले पनि उक्त बैंकको शेयर खरिद गर्न लगानीकर्ता इच्छुक देखिएको प्रष्ट हुन्छ । किन एनआइसी एशिया बैंकको शेयर खरिद गर्न लगानीकर्ता यसरी झुम्मिएका हुन त ? यसको सरल अर्थ छ ।

एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस)सम्म आइपुग्दा २ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । चालु आवको ६ महिनामा २ अर्ब १ करोड कमाएको बैंकले आगामी ६ महिनामा पनि त्यति नै कमाएपनि यो वर्ष बैंकले सजिलै ४ अर्ब रुपैयाँ गर्न सक्ने देखिन्छ । यस्तो नाफाले आगामी वर्ष ४० प्रतिशतसम्म सजिलै लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

आगामी वर्ष उक्त प्रतिफल हात पार्न पनि अहिलेदेखि नै उक्त बैंकको शेयर खरिद गर्न थालेको ब्रोकरहरुले अनुमान गरेका छन् । अहिले बैंकको अहिले चुक्ता पुँजी ९ अर्ब ७१ करोड ७६ लाख छ । त्यति चुक्ता पुँजी भएको बैंकले ४० प्रतिशत लाभांश वितरण गर्दा पनि करिव ३ अर्ब ८९ करोड खर्च हुन्छ । बाँकी रकम रिर्जभ कोषमा राख्न पनि पुग्ने भएकाले उक्त लाभांश रकम दिन सक्ने हैसियत बैंकले यस वर्ष बनाउने शेयर बिश्लेषको भनाइ छ ।

हुन त एनआइसी एशिया बैंकको रिजर्भ कोषमा अहिले पनि ४ अर्ब ९७ करोड ५८ लाख छ । त्यसले पनि बैंकको स्थिति सवल र सक्षम छ भन्ने देखाउँछ । रिजर्भ कोषमा भएको उक्त रकम नचलाउने र यो वर्ष पनि केही थप्दा पनि ४० प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बैंकको हुने देखिन्छ । यो वर्ष बैंकले कमाएको सबै रकम सर्वसाधारणलाई बितरण गर्दा पनि फरक पर्ने देखिदैन् । तथ्यांक बिश्लेषण गरेर शेयर उठाउन पुग्दा बैंकको शेयर मूल्य बढन पुगेको एक बिश्लेषकले बताए ।

गत साधारणसभा पछि बैंकको शेयर मूल्य प्रतिकित्ता ३ सय ७५ रुपैयाँमा झरेको थियो । अहिले ४ सय ८० रुपैयाँ भन्दा माथि पुगेको छ ।
छोटो अवधिमा यस बैंकको शेयरको भाउ उकालो लागेकाले खरिद गर्ने लगानीकर्तालाई प्रतिशेयर १०० रुपैयाँमा न नाफा छदैछ । त्यसमा पनि यस वर्ष बाँडेको १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश त लगानीकर्ताको हातमा आइसकेको छ ।
आगामी वर्षपनि यो वर्ष भन्दा उच्च लाभांश पाउने सम्भावना बलियो भएका कारण उक्त बैंकको शेयर खरिद गर्न लगानीकर्ता इच्छुक देखिएका हुन् ।

बैंकले गत वर्ष भन्दा करिव ३४ प्रतिशतले बढाएको छ । गत वर्ष बैंकको ६ महिनामा १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्षको सोही अवधिमा २ अर्ब १ करोड १६ लाख नाफा गरेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि बढेर ४१ रुपैयाँ ६१ पैसा पुगेको छ । एनआइसी एसिया बैंक पछिल्ला दिनहरुमा निकै आक्रामक बन्दै गएको छ ।

निक्षेप संकलन अनि कर्जा प्रवाहका हिसाबले पनि बैंक अब्बल देखिएको छ । बैंकले पुससम्ममा १ खर्ब ७८ अर्ब ७४ करोड निक्षेप संकलन गरेर १ खर्ब ५१ अर्ब ४५ करोड लगानी गरेको छ । खराव कर्जा ०.४६ प्रतिशत मात्र रहेकाले पनि बैंकको स्थिति सवल देखिन्छ ।