अवधी पत्रकार संघ नेपालको अध्यक्षमा यादव

प्रकाशित मिति:

                                                                अवधी भाषा संरक्षणमा जोड दिन आवश्यक 

इमरान खान/कपिलवस्तु  – अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको दोस्रो अधिवेशनबाट अध्यक्षमा निरहु यादव निर्वाचित भएका छन । कपिलवस्तुको कृष्णनगरमा शनिवार सम्पन्न अधिवेशनले निरहु यादवको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिति गठन गरिएको छ । अवधी पत्रकार सघं नेपाल कपिलवस्तु शाखाको उपाध्यक्षमा प्रतिमा विश्वकर्मा, अनेक पाण्डेय, सचिवमा राम लखन जयसवाल, सहसचिव सविता गुप्ता, कोषाध्यक्ष शाहबाज खान, सदस्य बृजेश यादव, धनिराम कोरी, प्रीन्स मिश्रा, महेन्द्र कुमार धोबी, कमलेश चन्द्र गुप्ता तेली निर्वाचित भएका छन ।

अवधी पत्रकार सघं नेपाल कपिलवस्तु शाखाको दोस्रो जिल्ला अधिवेशनको प्रमुख अतिथी कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह अवधी भाषा संरक्षणमा विशेष जोड दिने बताउनु भयो । नगर प्रमुख शाहले आउने दिनमा नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधा अवधी भाषामा दिन समेत पहल गर्ने बताउनु भयो । शाहले यस क्षेत्रमा अवधी भाषा बढी बोलिने भएकोले यसलाई संरक्षण गर्नु पर्ने दायित्व आफुहरुको भएको बताउनु भयो ।

सोही कार्यक्रमका विशिष्ट अतिथी शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले अवधी पत्रकारहरुले गरेको यो कार्य अति नै प्रशंसनिय छ । अवधी भाषा, कला सहित्य संरक्षणका लागि नगरपालिकाबाट विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले केन्द्रिय र प्रदेशले अवधी भाषा कला सहित्य क्षेत्रमा स्पष्ट निति निर्माण गरी अघी बढे हामीलाई पनि सहयोग पग्ने विश्वास व्यक्त गर्नु भयो । विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले अवधी भाषालाई संरक्षण लागि एक संग्रहलाय निर्माण गर्न सके आउने दिनमा यसले राम्रो प्रभाव पार्ने बताउनु भयो । थापाले यस क्षेत्रमा लागेका पत्रकारले सत्य निश्पक्ष तवरले कलम चलाउनु पर्ने बताउनु भयो । अतिथीहरुमा राजपा नेपाल केन्द्रिय सचिव रबिदत्त मिश्रले अवधी भाषा हाम्रो पहिचनासंग जोडिएको भाषा हो ।

यसलाई संरक्षण गर्न हामी लाग्ने समय आएको बताउनु भयो । भगवान रामको पाला देखी अवधी भाषा चल्दै आएकोले यसलाई संरक्षण गर्न अब हरेक कार्यक्रममा अवधी भाषामै बोल्ने बताउनु भयो । उहाले राज्यले अवधी भाषालाई प्रथमिकता नदिएको समेत अरोप लगाउनु भयो । सोही कार्यक्रममा बोल्दै समाजवादी पार्टी प्रदेश ५ प्रवाक्ता अकरम पठानले अवधी भाषा हाम्रो पहिचानसगँ जोडीएको भाषा हो यसलाई संरक्षण गर्ने दायित्व पनि आफनो भएको बताउनु भयो । पठानले भगवान राम को सम्बन्ध अवध भाषाबाट जुटेकोले यसको संरक्षण गर्न अत्यन्त जरुरी रहेको बताउनु भयो । अवधी भाषालाई अधिराज्य सम्मा पुराउने र यसको संरक्षण गर्ने मेरो ब्यतिmगत तथा पार्टिको तर्फबाट पहल गर्ने प्रतिबद्धता समेत समाजवादी पार्टिका प्रदेश प्रवक्ता एवम युवा नेता अकरम पठान ले गर्नु भएको छ ।

त्यस्तै मदरसा बोर्ड प्रदेश ५ उपाध्यक्ष मौलाना मशहुद खाँन नेपालीले अवधी भाषाको यति ठुलो कार्यक्रम यसक्षेत्रमा भएकोले खुशी व्यक्त गर्नु भयो । उहाँले अवधी भाषाको पाठयक्रम निर्माण गरी मदरसामा समेत अवधी भाषा पाठनपाठन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उक्त कार्यक्रमको अध्यक्षता अवधी पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष सनिउल्ला धोबीले गर्नु भएको थियो । अवधी पत्रकार महासंघ नेपालको केन्द्रिय निर्देशनमा जिल्ला शाखा गठन गरिएको हो । कार्यक्रमममा अवधी पत्रकार महासंघ नेपालका केन्द्रिय अध्यक्ष राकेश मिश्र, संस्थापक अध्यक्ष सुर्यलाल यादव, महासचिव जि।एम यादव लगायतको सहभागीतामा नया जिल्ला कार्य समिति सर्वसम्मत रुपले गठन गरिको थियो ।

सो कार्यक्रममा समाजवादी पाटी कपिलवस्तु उपाध्यक्ष राम निवास पुरी, कलाकार श्याम कुमार मिश्र, राष्ट्रिय मदरसा संघका अध्यक्ष मौलाना अब्दुल गनि अल्कुफी, उद्योग वाणिज्य सघंकय अध्यक्ष राम कुमार गुप्ता, पुर्व अध्यक्ष गुरुशरण सिहं, ईलाका प्रहरी कार्यालय प्रमुख प्रताप पौडेल, आफन्त नेपाल प्रमुख केशर विश्वकर्मा, पिआरसी कृष्णनगर प्रतिनिधि, कपिलवस्तुका संचार मध्यामका प्रमुख, पत्रकार लगायत विभिन्न सघंसस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । अवधी पत्रकार संघ नेपाल कपिलवस्तुका संस्थापक अध्यक्ष राहुल गुप्ताले नवा निर्वाचित पदाधिकारीलाई धन्याबाद दिदै सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रममा अवधी गित कविता विराहा गायक स्राष्ठालाई सम्मान गरिएको थियो । नेपालको बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा सबै भन्दा बढी अवधी भाषा बोल्ने गरेको पाइन्छ ।