न्यू लुम्विनी स्कुलले रजत महोत्सव मनाउने

१२ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


झविन्द्र देवकोटा / बुटवल – रुपन्देहीको देवदह खैरेनीमा रहेको न्यू लुम्विनी ईङ्गलिस बोर्डिङ्ग स्कुलले विभिन्न रचनात्मक कार्यक्रम गरेर रजत महोत्सव मनाउने भएको छ । विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा २५ दिन विभिन्न कार्यक्रम गरेर रजत महोत्सव मनाउने भएको हो । विद्यालयले सोमबार पत्रकार सम्मेलन गरेर रजत महोत्सव तथा अभिभावक भेला माघ १२ गतेदेखि फागुन ७ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाउने बताएको छ । विद्यालयका प्रिन्सिपल बिनोद थापा मगरले २०५२ सालमा १४ विद्यार्थीबाट सुरु गरिएको विद्यालयमा अहिले साढे चार सय विद्यार्थीहरुले अध्ययन गरि रहेको जानकारी गराउनु भयो । उहाँका अनुसार २५ दिनसम्म मनाईने रजत महोत्सव कार्यक्रममा माघ १२ गतेदेखि साँस्कृतिक पोषाक सहितको अभिभावक कपल फोटो प्रतियोगिता, माघ १३ गते पुर्व विद्यार्थी भेला र समाज गठन, माघ १५ गते विज्ञान तथा कला प्रतियोगिता,माघ १५ गते आन्तरिक तयारी, माघ १६ गते सरस्वती पुजा तथा नयाँ भर्ना कार्यक्रम,

१७ देखि २२ गतेसम्म आन्तरिक खेलकुल प्रतियोगिताहरु, २३ गते विद्यालय क्षेत्रको एक किलोमिटर वरपर सरसफाई कार्यक्रम, माघ २४ गते विद्यार्थी तथा शिक्षकका विचमा मैत्रीपुर्ण भलिवल प्रतियोगिता, माघ २६ मा आन्तरिक तयारी, माघ २७ गतेदेखि फागुन १ सम्म नगर स्तरीय अन्तर विद्यालय छात्रछात्रा भलिवल प्रतियोगिता, फागुन २ र ३ गते देवदह नगर स्तरीय महिला तथा पुरुष शिक्षक कर्मचारी मैत्रीपुर्ण भलिवल, फागुन ४ गते जनचेनतामुलक ¥याली, ५ गते रक्तदान कार्यक्रम, ६ गते पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम र फागुन ७ गते रजत जयन्ति मुल समारोह हुने छ । विद्यालयका शिक्षक निर्मला पौडेलको संचालनमा भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलले स्थानीय अभिभावकको साथ र सहयोगले विद्यालयलाई यो स्थानसम्म पुर्याउन सफल भएको उल्लेख गर्दै रजत महोत्सव कार्यक्रम गरेर सबैलाई सम्झिन र सम्मान गर्ने कार्यक्रम समेत राखिएको जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गणस्तरिय शिक्षाका लागि शिक्षकलाई तालिम
  • जुम्लाको तिला गाउंपालीका मा आगलागीबाट २५ घर जलेर नष्ट
  • कक्षा १२ को परिक्षाफल आउन अझ केही दिन लाग्ने
  • सुरु भयो कोरोना खोप अभियान
  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
  • अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…
  • पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण
  • रुपन्देहीको सियारी गाउँपालिकामा खरका छाना विस्थापित गरिने