ज्ञानपुञ्ज स्कूलमा खेल सप्ताह शुरु

१२ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


झबिन्द्र देवकोटा / बुटवल –  रुपन्देहीको बुटवल ११, नहरपुरमा रहेको ज्ञानपुञ्ज ईङ्गलिश बोर्डिङ्ग स्कूलमा खेल सप्ताह शुरु भएको छ । खेल सप्ताहको विद्यालयका संस्थापक प्राचार्य तोयराम पौडेल, चर्चित पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचन लगायतले उद्घाटन गर्नु भयो । कार्यक्रममा संस्थापक प्राचार्य पौडेलले विद्यार्थीलाई उनीहरुको रुचि अनुसार पठनपाठनसँगै खेलकूद गतिविधिमा पनि सक्रिय बनाउनका लागि हरेक वर्ष खेल सप्ताह आयोजना गर्दै आएको बताउनुभयो ।मन्टेश्वरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरु सम्मिलित खेलसप्ताहमा सिनियर र जुनियर गरी दुई विधाबाट प्रतियोगिताका गराइने अतिरिक्त क्रियाकलाप प्रमुख हरि भट्टराईले जानकारी दिनुभयो ।

५० भन्दाबढी खेल प्रतियोगिता समावेश गरिएको खेल सप्ताहको १५ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको विद्यालयका कोर्डिनेटर सुर्य पाण्डेले बताउनुभयो ।त्यसैगरी १६ गते वसन्त पञ्चमीको अवसरमा विशेष सरस्वती पूजा तथा नयाँ बालबालिकाहरुको अक्षराम्भ तथा भर्ना कार्यक्रम रहेको विद्यालयले जनाएको छ । खेल सप्ताह अन्तर्गत आइतबार ६ देखि ९ कक्षा सम्म क्बड्डी, हाईजम्प, लङ्जम्प र कक्षा १ देखि ५ सम्म मार्वल कलेक्सन, स्पोन रेस, स्विट्स रेस लगायतका खेलहरु सम्पन्न भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया