कञ्चनमा ६७ औं बिश्व कुष्ठरोग दिवस मनाईयो

१२ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


“कुष्ठ रोग बिरुद्ध हाम्रो अभियान,भेदभावको अन्त्य मानाव अधिकारको सम्मान” नारा सहित कञ्चन गाउपालिकामा कुष्ठ रोगबाट प्रभाबितहरुलाई सहयोगी सामाग्री उपलब्ध गराई ६७ औं बिश्व कुष्ठरोग दिवस मनाइएको छ । कञ्चन गाउपालिका स्वास्थ्य शाखाद्धारा आयोजत कार्यक्रममा रोगबाट प्रभाबित ब्यक्तिहरुलाई सहयोगी सामानहरु बितरण गरिएको हो ।कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चन गाउपालिकालाई कुष्ठरोग प्रभाबित मुक्त गाउपालिका बनाउन निशुल्क रुपमा स्वास्थ्य उपचारको ब्यबस्था गरिएको बताउदै

गाउपालिकामा ३ जना कुष्ठरोगी भएको र ती बिरामीहरुले चिकित्सकहरुको सल्लाहमा औषधी सेवन गरिरहेको बताउनु भएको छ ।यस्तै उपाध्यक्ष गोमा तरामुले कुष्ठरोगबाट बच्नको लागि कुष्ठरोगको लक्षण र सुरक्षित हुने उपायहरुका बारेमा सचेत हुनुपर्ने र नियमित रुपमा स्वास्थ्य जांच गरिरहनु पर्ने बताउनु भएको छ । बिशेषगरी स्थानिय आदीबासी समुदायमा कुष्ठरोग देखा पर्ने भएकोले कुष्ठरोग सम्बन्धी सचेतता अपनाउनु पर्ने बताउनु भएको छ।कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीको अध्यक्षता तथा स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया