एक दिने सिकल सेल एनिमिया सम्बधी अभिमुखिकरण कार्यक्रम सम्पन्न

१२ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


कञ्चन गाउँ पालिकाको सभाहलमा एक दिने सिकल सेल एनिमिया सम्बधी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना भएको कार्यक्रमा कञ्चन गाउँपालकिाका उपाध्यक्ष गोमा तरामु मगरको अध्यक्षता, कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको प्रमुख आथित्यता तथा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी तथा कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीको बिशिष्ठ आथित्यतामा कार्यक्रम भएको हो ।क्ञ्चन गाउँपालिका जन प्रतिनिधिहरु, पार्टी प्रतिनिधिहरु तथा अन्य सरोकारहरुको उपस्थिति भएको कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. गिरीले एक दिने अभिमुखिकरण सम्बन्धी तालिममा जानकारी दिदैं सिकल सेल एनिमिया

धेरै प्राय थारु समुदादायमा वंशाणुगत रुपमा देखिएको हुदा  विशेष गरी थारु समुदाय संगै अन्य समुदायलाई पनि जानकारी होस् भन्ने हेतुले कार्यक्रम गरिएको बताए ।कार्यक्रममा सम्बोधन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले जन प्रतिनिधि, पार्टी प्रतिनिधि तथा सम्पुर्ण सरोकारवालाहरुलाई जानकारी भएमा सम्पुर्ण जनताहरुमा यस रोगको बारेमा जानकारी हुने भएकाले यो कार्यक्रम प्रभावकारी हुने बताए ।एक दिने अभिमुखीकरण कार्यक्रम सहजिकरण स्वास्थ्य कार्यलय रुपन्देहीका केदारनाथ शाहले सहजिकरण गर्नु भएको थियो भने स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमको संचालनमा सम्पन्न भएको हो ।कार्यक्रममा कञ्चनका जनप्रतिनीधि,राजनैतिक दलका प्रतिनीधि र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया