सरसफाइ तथा पोषण,छाउपडि प्रथा सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न

१२ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बाजुरा – बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिकामा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तरगत सरसफाइ सम्बन्धि सुनौला हजार दिनकि आमा तथा किशोरीहरूलाई सरसफाइ तथा पोषण ,छाउपडि प्रथा सम्बन्धि अभिमुखिकरण तालिम संञ्चालन गरियो को हो। उक्त तालिम सरसफाइ ,पोषण, छाउपडि,र आनिबानिमा पुण सरसफाइ सम्बन्धि तालिममामा सुनौला हजार दिनकि आमालाई तालिमबाट जानकारी दिई गाउँ समाज र वातावरणीय सरसफाइ गरि पुण नगर सरसफाइ युक्त नगर र गाउँ समाजमा जनचेतना अभिबृधि गर्न बुढिनन्दा नगरपालिकाका बहुक्षेत्रिय पोषण सहजकर्ता गणेराज पाध्याय ले बताए।

सो कार्यक्रम बुढिनन्दा नगरपालिका का १ वडा देखि १० नम्बर वडाका प्रत्येक वडाका महिला स्वास्थ्य स्वयं सेविका र सुनौला हजार दिनकि आमा हरूलाई प्रत्येक वडाका २०जना महिलालाई उक्त तालिम दिएको पाध्यायले बताए ।सो तालिमको सहजिकरण बुढिनन्दा नगरपालिकाका कर्मचारी धर्म राज पाध्यायले प्रशिक्षण गरिएका थिए भने तालिममा छाउपडि ,सरसफाइ र पोषणका बारेमा दिगो विकास समाज रूपान्तरण तथा नगरको विकासमा आआफ्नो क्षेत्रबाट लाग्न सहभागीहरूलाई प्रशिक्षण तथा अभिमुखिकरण तालिमबाट जानकारी गराईएको थियो ।उक्त तालिम १० दिन सम्म सन्चालन भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया