मुलुक समृद्ध बन्न युवाहरुलाई उत्पादनमा जोड्न माग

१२ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


श्रीकृष्ण सिग्देल / स्याङ्जा – देशलाई समृद्ध बनाउने हो भने युवाहरुलाई उत्पादनमा जोड्न सरकारलाई ध्यानाकर्षण गरिएको छ । ‘शासन ब्यक्तिको होईन विधिको हुनुपर्छ’ भन्ने मुल नारा रहेको वालिङ जेसीजको १६ औं पदस्थापन कार्यक्रममा युवाहरु राष्ट्रको सम्पती भएकाले उनीहरुलाई उत्पादनमा जोड्न सकियो भने मात्रै मुलुक समृद्ध बन्ने विषयमा जोड दिइएको हो । सरकारले २०२० लाई भ्रमण बर्ष घोषण गरेर मुलुकमा २० लाख पर्यटक भित्राउने लक्ष्यलाई सफल बनाउनका लागि पनि युवाहरुलाई परिचालन गर्नुपर्ने नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष भोलेश्वर दुलाले सरकारको ध्यानाकर्षण गरे । देशमा आयत भन्दा निर्यातमा ध्यान दिनु जरुरी छ अध्यक्ष दुलालले भने,“उत्पादनलाई बढाबा दिन युवाहरुलाई अगाडी बढाउनु पर्छ ।” उत्पादनमा जोड दिन नसकेमा निर्यातले मात्रै मुलुक समृद्ध बन्न सक्दैन उनले भने । जेसिजले पनि युवाहरुलाई उत्पादनमा जोड दिन अग्रसरता देखाउनु पर्ने आवश्यकता रहेको दुलालले औल्याए । सफल बन्न पहिला सपना बनाउनु पर्नेमा जोड दिदै दुलालले युवाहरुमा लगनशिलता र मेहनतीको आवश्यकता रहने बताए । पदस्थापन कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँणले जेसिजबाट विधिको शासन र मानवता सम्बन्धी ज्ञान प्राप्त हुने भएकाले जेसिजबाट सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरे । सकरात्मक सोच सबैमा हुनु आवश्यक छ नगर प्रमुख खाँणले भने,“सोच परिवर्तन नभए सम्म विकासमा पनि बाधक बन्न सक्छ ।”

सबै सकारात्मक सोचको बाटोमा हिडौ समाज र राष्ट्रको विकास छिटै हुन्छ उनले भने। कार्यक्रममा वालिङ नगरपालिकाका पूर्व नगर प्रमुख भोजराज अर्याल, नगर उपप्रमुख कल्पना तिवारी, नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष लालमणि भण्डारी, निरुपित उपाध्यक्ष मञ्जु शाह ठकुरी, वालिङ जेसीजका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, वालिङ जेसीजका पूर्व अध्यक्षहरु दिपक लम्साल, भीमप्रसाद पंगेनी, वर्ष २०१९ का अध्यक्ष राजु तिवारी, पदस्थापन कार्यक्रमका संयोजक एवं शाखा निर्देशक राधाकृष्ण डुम्रे, महासचिव ध्रुब पंगेनी, वर्ष २०२० का अध्यक्ष होमकान्त गौतम, महासचिव विश्वास लम्साल, जेसी दुर्गा न्यौपाने लगायतले जेसिजबाट सबैले सिक्नुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा वर्ष २०२० का अध्यक्ष होमकान्त गौतमले आफ्नो बार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । सो अवसरमा नेपाल जेसीजको क्षेत्र ख सम्मेलन सहितका बिशेष कार्यक्रम गर्ने कार्यतालिका अध्यक्ष गौतमले सार्जजनिक गरेका छन् । २०२० का निर्वाचित अध्यक्ष होमकान्त गौतम नेतृत्वको पदाधिकारीहरुको पदस्थापन गरिएको छ । पदस्थापन कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाँण र उपप्रमुख कल्पना तिवारीलाई जेसीजको मानार्थ सदस्यता प्रदान गरिएको थियो । वालिङ जेसिज सगँ स्थानीय सरकारले मिलेर सहकार्य गरेकोले प्रमुख र उपप्रमुखलाई जेसिजको मानर्थ सदस्यता प्रदान गरिएको आयोजकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कम्युनिष्टले जनताको अपमान गरेको कांग्रेस नेताहरुको ठहर
  • रोटरी मेडिकोफ्युजनले सुरु गर्यो ‘जथाभावी नथुकौं’ अभियान
  • प्रधानमन्त्रिले असंवैधानिक कदम सच्चयाउनुपर्छ : सिंह
  • लाफा समुहको आयोजनामा माघ २३ गतेदेखि तेस्रो लाफा खुला तथा…
  • नेपाल रेडक्रस सोसाइटी पन्चनगर उपशाखाको साधारण सभा सम्मपन्न
  • चीनद्धारा नेपाल लगायत पाकिस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेशसँग कोभिड–१९ का…
  • प्राज्ञिक विद्यार्थी परिषद, नेपाल द्धारा कक्षा ११ को पाठ्यक्रमको अन्योल…
  • न्यायिक समिति र मेलमिलापकर्ताबीच सिकाई अभ्यास आदान प्रदान
  • आज २०७७ पुस २५ गते शनिबार
  • सुर्य गंगा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १५ औँ…