व्यक्तिगत फाईदा र स्वार्थमा लागेको छैन :गोपाल प्रसाद भट्टराई

१२ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


हालै सम्पन्न निर्वाचनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित गोपाल प्रसाद भट्टराईले कुनैपनि पद तथा व्यक्तिगत स्वार्थका लागि आफुले कहिल्यै राजनिति नगरेकोले अबको दिनमा पनि व्यक्तिगत फाईदा र स्वार्थमा नलाग्ने बताउनुभएको छ ।आफ्नो पांच दशक बढि समय राजनितिक परिवर्तनको लागि लगाएपनि कहिल्यै पदको लोभ र माग नगरेको उल्लेख गर्दै उहांले अहिले पार्टिले दिएको जिम्मेवारी र राष्ट्रिय सभा सदस्यको यात्रालाई सहि मार्गमा लगाउने बताउनुभयो ।तिलोत्तमा चेम्बर अफ कमर्सले आईतवार मणिग्राममा गरेको सम्मान कार्यक्रममा बोल्दै नवनिर्वाचित राष्ट्रिय सभा सदस्य भट्टराईले राजनितिक जिवनको उतर्राद्र्धमा आउंदै गर्दा भएपनि पार्टिका नेता, कार्यकर्ता र सुभेच्छुकले गरेको विश्वासलाई कहिल्यै धोका नदिने र सबैको शिर ठाडो हुने गरी आफ्नो भूमिका निर्वाह गर्ने बताउनुभयो ।

उहांले वर्तमान सरकार भ्रष्टाचार विरुद्ध जसरी अभिएको छ त्यसको सहयोगको लागि तिनै तहका सरकारको विचमा समन्वय र सहकार्य हुनु आवश्यक रहेको बताउनुभयो ।संस्थाका अध्यक्ष झविन्द्र प्रसाद कडेंलले लामो समय पार्टि र संगठन निर्माणमा सक्रिय नेता भट्टराईको संसदिय यात्राको सफलताको शुभकामना दिनुभयो ।संस्थाका कानुनी सल्लाहकार खुमाकान्त पौडेलले नेता भट्टराईलाई पार्टिले गरेको विश्वास र जिम्मेवारीले निरन्तर पार्टिमा लाग्ने निष्ठावान व्यक्तिको योगदानलाई पार्टिले भुल्दैन भन्ने कुराको पुष्टि गरेको बताउनुभयो ।संस्थाका द्धितिय उपाध्यक्ष रामचन्द्र पाण्डेको संचालन तथा प्रथम उपाध्यक्ष बाबुलाल भुसालको स्वागतमा सम्पन्न भएको कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुले नेता भट्टराईलाई टिका लगाएर बधाई दिनुभएको थियो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया