विमानस्थलबाट अवैध अमेरिकी डलरसहित एक जना पक्राउ

१२ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं/ नेपाल प्रहरीले अवैधरूपमा लुकाइछिपाई विदेश लैजान लागेको अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेको छ ।प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले आठ हजार ४१७ अमेरिकी डलरसहित ललितपुरका ३३ वर्षीय विकास जोशीलाई पक्राउ गरेको हो ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले इत्तेहाद एयरवेजको उडानबाट अबुधावी हुँदै अमेरिका जान लागेका जोशीलाई विमानस्थलको प्रस्थान कक्षमा पक्राउ गरेको जानकारी दिए ।

पक्राउ परेका जोशीलाई राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया