दुईतिहाईको सरकार बन्दा पनी युवाहरुको पक्षमा काम गर्न सकेन : सांसद मल्ल

प्रकाशित मिति:

स्याङ्जा । गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्लले शक्तिशाली सरकार बन्दा पनि युवाहरुको पक्षमा काम गर्न नसकेको आरोप लगाउनु भएको छ । उहाँले भन्नुभयो, युवाको पक्षमा काम गर्न ढिला भईसकको छ तर सत्ताधारीको यसमा कुनै वास्ता नै छैन । पुतलीबजार नगरपालिका वडा नम्वर १० मा स्वर्गीय राजेन्द्र राना मगरको नवौं स्मृतिमा आयोजना गरिएको सेभेन ए साईड फुटवल प्रतियोगिताको समापन गर्दै मल्लले युवाहरुले सक्रियता देखाउने बेला आएको बताउनु भयो । साँसद मल्लले युवा शक्ति रोजगारीको शिलशिलामा बिदेशमा बस्नु पर्ने अवस्थाले समेत नेपालमा उत्पादकत्व बढ्न नसकेको बताउनु भयो ।प्रतियोगिताको उपाधी राङखोला युवा क्लवले जितेको छ । उसले ७१ हजार १ सय ७१ सहित शिल्ड र मेडल हात पारेको हो । त्यस्तै दोस्रो भएको पुतलीबजार ११ को स्मृति युवा क्लवले ४१ हजार १ सय ४१ पुरस्कार पाएको छ । त्यस्तै तेस्रो भएको भुम्रे युवा क्लवले २१ हजार १ सय २१ पुरस्कार पाएको छ । कार्यक्रम याम बहादुर थापाको सभापतित्वमा र प्रकाश कोईरालाको सञ्चालनमा सम्पन्न भएको नेबिसंघका नेता धनराज पौडेलले जानकारी दिनुभयो ।