सर्वेन्द्रसँग गृहमन्त्री फायर, उपत्यकाका प्रहरी इन्चार्ज फेरिए !

२२ आश्विन २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
16 Shares


२२ असोज काठमाडौं । उपत्यकाका उच्च प्रहरी अधिकारीहरु घुसकाण्डमा मुछिन थालेपछि गृहमन्त्री रामबहादुर थापा बादल रुष्ट बनेका छन् । पछिल्लाेसमय प्रहरीको घिनलाग्दा हर्कत देखेपछि आईजीपी सर्वेन्द्र खनालसँग गृहमन्त्रीले आक्रोश व्यत्त गरेका हुन् ।

महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख डिएसपी श्यामकुमार राई शनिबार राति कार्यकक्षबाटै १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेपछि बादल उपत्यकाका प्रहरी अधिकारीहरुप्रति आक्रोशित बनेका हुन् ।

प्रहरी प्रधान कार्यालयले उपत्यकाका तीन वटा वृत्त प्रमुख परिवर्तन गरेको छ । डिएसपी श्याम राईको ठाँउमा महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दलाई खटाइएको छ ।

त्यसैगरी महानगरीय प्रहरी वृत सातदोबाटोमा डिएसपी गौतम मिश्रलाई पठाइएको छ । सातदोबाटोका डिएसपी विनोद सिलवाललाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको हो ।

महानगरीय प्रहरी वृत थानकोटमा डिएसपी कुमारविक्रम थापालाई खटाइएको छ । थानकोट वृतका डिएसपी नवरत्न पौडेल संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जाने भएपछि उनको ठाउँमा थापालाई पठाइएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • आमा’ को अष्ट्रेलिया र अमेरिका रिलिज घोषणा
  • अस्ताए विश्वकै  होचा खगेन्द्र थापा 
  • प्रधानमन्त्री ओली र जापानी उपमन्त्रीबीच भेट
  • पत्रकार थापा र पुर्व खेलाडी साहानी जापानमा सम्मानित
  • सगरमाथा रनिङ्ग शिल्डको उपाधी अन्नपुर्णलाई
  • खानेपानी तथा सरसफाई उपभोक्ताको अन्र्तकृया कार्यक्रम सम्पन्न
  • तेस्रो मदन भण्डारी फुटसल प्रतियोगिताको उपाधि न्यु होराईजनलाई
  • प्रशासन कार्यालय गुल्मीमा ग्लोबल आईएमई बैंकको एक्स्टेन्सन काउन्टर
  • प्रथम गुल्मी मुसिकोट महोत्सवमा सर्वाधिक राशीको भलिवल प्रतियोगिता हुदै
  • अवध स्वायत्त प्रदेशद्धारा बनफडानी तत्काल नरोके कारवाही गर्ने (विज्ञप्तीसहित)