तिनाउ बोर्डिङमा खेल सप्ताह शुरु

१३ माघ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


बुटवल – बुटवल देविनगरस्थित तिनाउ बोर्डिङ स्कूूलमा खेल सप्ताह–२०७६ सुुरु भएको छ । विद्यालयका अध्यक्ष यज्ञमूर्ति पाण्डेको अध्यक्षता र पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जि.सी.को प्रमुख आतिथ्यतामा खेल सप्ताहको उद्घाटन गरिएको हो । सो अवसरमा बोल्दै विद्यालयका अध्यक्ष पाण्डेले पठन–पाठन,अनुशासनसँगै खेलकूदलाई पनि प्रोत्साहन र प्रवद्र्धन गर्ने उद्देश्यले खेल सप्ताह आयोजना गरिएको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराईले खेलकूद गतिविधिलाई वर्षको एकपटक मात्र नभई वर्षभरि नै निरन्तरता दिनुुपर्ने बताए । उनले निजी विद्यालयले राज्यका नीति नियमहरु पालना गर्नुपर्ने, जीवन उपयोगी व्यवहारिक ज्ञान सीप विद्यार्थीलाई दिन सक्नुपर्ने र सामाजिक उत्तरदायित्वका थप कार्यक्रम समेत गर्न सुुझाए ।पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जि.सी.ले शिक्षासँगै खेलकूदको विकासले विद्यार्थीको चौतर्फी विकास हुने

र खेलकुदका माध्यमबाट राष्ट्रिय पहिचान र एकताको भावनाको विकास हुने बताए । १५ गतेसम्म चल्ने सप्ताहमा विभिन्न कक्षा अनुसार विद्यार्थीको विभाजन गरी प्रतिष्पर्धा गराइने विद्यालयका सहप्राचार्य इश्वरी प्रसाद पाण्डेले बताए । सप्ताहमा विभिन्न प्रतियोगिताहरु विद्यालयको प्राङ्गण,एन्फा एकेडेमी र वाणिज्य क्याम्पसको मैदानमा गराइने उनले बताए । विभिन्न प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई १६ गते बसन्त पञ्चमीको अवसरमा आयोजित विशेष कार्यक्रममा सम्मान तथा पुरस्कृत गरिने विद्यालयकी प्राचार्य सिता पाण्डेले बताइन् । साथै सो अवसरमा साना तथा नयाँ बाबिालिकालाई विद्यालयमा अक्षराम्भ कार्यक्रम रहेको बताइन् । खेल सप्ताहमा ५० भन्दा बढी इन्डोर र आउट डोर खेलमा करिब एक हजार दुई सय विद्यार्थीहरुले प्रतिष्पर्धा गर्ने जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • दाङ्ग जिल्लामा पहिलो पटक जुरे हुटिट्याँउ पानी चरा अभिलेख
  • भारत्तोलक विश्व च्याम्पियन रुप कार्कीको निधन
  • प्रचण्डको गर्जन : ओलीको सेटिङ भत्काएर जनताको सेटिङ खडा हुन्छ
  • स्व. गणेशमान सैंजु बुटवल जेसिज उत्कृष्ट पत्रकारीता पुस्कार पत्रकार केसीलाई
  • पठाओ नेपाल द्वारा ग्राहकहरु र राईडरहरुलाई बीमा प्रदान गर्न साझेदारी…
  • बिप्लव समूहद्धारा भोली नेपाल बन्दको आब्हान
  • ओलीले साइबर स्यालमार्फत जतासुकै हमला गरेका छन् : भुषाल
  • देशमा फेरि तेश्रो जनआन्दोलनको आवश्यकता छ : भट्टराई
  • कोरोनाविरुद्धको खोप माघ १४ देखि लगाउन सुरु गर्ने सरकारको तयारी
  • ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयको २० औं वार्षिकोत्सवका अवसरमा रक्तदान सम्पन्न