नेपाल विद्यार्धी संघ गुल्मीले स्ववियू निर्वाचनका लागि उम्मेद्वार चयन

१३ माघ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
55 Shares


कौैैरव खत्री / गुल्मी  – नेपाल विद्यार्धी संघ गुल्मीले स्ववियू निर्वाचनका लागि रेसुङ्गा बहुमुखि क्याम्पसमा उम्मेद्वार चयन गरेको छ । सभापतिको लागि रामजी पन्थी र सचिवका लागि पुनाराम घिमिरे सर्वसहमतिद्धारा चयन भएका छन । ढिला उम्मेद्वारको टुङ्गो लगाउदा तयारी नपुग्ने भन्दै स्ववियू सभापति र सचिवको टुङ्गो लगाएको नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखि क्याम्पसले बताएको छ । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति गुल्मी , ने।वि।संघ रेसुङ्गा बहुमुखि क्याम्पस र मात्रृ सस्था नेपाली काँग्रेस गुल्मी लगाएतको समग्र सहमति द्धारा उम्मेद्वारको टुङ्गो लगाएको ने।वि।संघ रेसुङ्गा बहुमुखि क्याम्पसले बताएको छ । स्ववियू सभापतिको उम्मेदुवार रामजी पन्थी नेपाल विद्यार्थी संघ गुल्मीमा कार्यबाहक सभापतिकै भुमिका संहाल्दै आएका नेता हुन । विगत लामो समय देखि ने।वि।संघ गुल्मीको नेतृत्व तहमा रहेर विद्यार्थी अधिकारका लागि संर्घष गर्दै आएका उनले गुल्मीका विभिन्न विद्यालयमा पुगेर व्यक्तिगत लगानीमै गरिव तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै आएका व्यक्ति हुन ।

उनले आर्थीक अभावका कारण शिक्षाबाट बञ्चित भएका गुल्मेली विद्यार्थीहरुलाई आफुले निजी लगानीमै पढाउने समेत उद्घोष गरेका थिए । नेपाल विद्यार्थी संघ गुल्मीले रामजी पन्थीले विद्यार्थीको अधिकारका लागि पुराएको योगदानको कदर गर्दै केहि समय अघि उनलाई गुल्मीको कार्यबाहक सभापति बनाएको थियो ।स्ववियू सभापतिका लागी उम्मेद्वार भएका रामजी पन्थी उनको चाहाना भन्दा पनि नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखि क्याम्पसको तिव्र चाहनाले स्ववियूमा होमिने भएको क्याम्पस इकाईले जनाएको छ ।त्यस्तै रेसुङ्गा बहुमुखी क्याम्पसकै इकाई सभापति समेत रहेका पुनाराम घिमिरे स्ववियू सचिवका लागि उम्मेदवार तय भएका छन । उनी गुल्मीको ह्वाङ्गदीबाट विपन्न वर्गका विद्यार्थीहरुको नेतृत्व गर्दै रेसुङ्गा बहुमुखि क्याम्पसको इकाई सभापति समेत बनिसकेका छन । सारिरिक रुपमा अपाङ्ग र आर्थिक अभाव भएपनि विद्यार्थीहरुको सेवा र अधिकारका लागि लड्ने आत्मीक शक्ति र चाहना भएमा कुनै चिजले रोक्न सक्दैन भन्ने उदाहरण पुनाराम घिमिरे हुन । सचिव पदका उम्मेद्वार पुनाराम विगत केहि बर्षदेखि नेविसंघ गुल्मीका क्रृयसिल नेताको रुपमा काम गर्दै आएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया