१६ जुवाडे पक्राउ, २२ लाख बरामद

१३ माघ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


कैलाली –  धनगढीमा नेपाली कांग्रेसबाट विजयी वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ परेका छन् ।धनगढी उपमहानगरपालिका–३ बाट आइतबार राती जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुड्डु भनिने रविन्द्र शाही सहितका १६ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले वडा अध्यक्ष सहितका १६ जुवाडे पक्राउ गरिएको पुष्टि गरेका छन् ।उनीहरुको साथबाट तत्काल २२ लाख ८२ हजार बढि नगद पनि बरामद गरिएको छ ।केही व्यक्ति पक्राउ गर्न बाँकी रहेकाले त्यसपछि मात्रै पूर्ण विवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया