नेपाल बिद्यार्थी संघद्वारा बुटवल बहुमुखी क्याम्पसमा कक्षा समिति गठन अभियान सुरु

प्रकाशित मिति:

बुटवल – नेपाल बिद्यार्थी संघद्वारा बुटवल स्थीत बुटवल बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम बर्षमा कक्षा समिति गठन अभियान सुरु गरेको छ । त्रिविले आगामि फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनावको कार्यतालिका अगाडि बढाए संगै रुपन्देहीका विभिन्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावको तयारीका लागि विद्यार्थी संघठनहरुले संघठन विस्तार कार्यक्रम अगाडि बढाएका छन् । फलस्वरुप नेबी संघ बुटवल बहुमुखी इकाइले पनि आफ्नो संगठन बिस्तार अभियानलाई तिब्रता दिएको छ ।

इकाई सभापति दिनेश पौडेलको सभापतित्वमा क्लास समिती बिस्तार कार्यक्रममा  उपसभापतिहरु ऋषि भण्डारी कृष्ण खनाल बिक्रम पौडेल सचिब प्रदिप घर्तीमगर बुटवल क्याम्पसका लोकप्रिय विद्यार्थी नेता बिष्णु खनाल प्रेस युनियन रुपन्देहीका जिल्ला सदस्य गोबिन्द बस्नेत क्याम्पसका विद्यार्थी नेताहरु दिवस न्यौपाने सिमा काफ्ले प्रेम परियार अमृत भण्डारी सुमन अधिकारी प्रकाश बिसि सुदन न्यापाने सागर क्षेत्री माधब केसि सुशील पोख्रेल सागर पौडेल बिजया कडेरिया मगर संघका नि अध्यक्ष रमेश सारु लक्षमण थापा लगायतको उपस्थितिमा क्लास फर्मेसन सम्पन्न भएको छ ।