नेप्से २४ अंकले बढेर १३ सयको बिन्दुमा, ९१ करोडको कारोबार

प्रकाशित मिति:

काठमाडौं – साताको दोस्रो दिन सेयर बजार उकालो लागेको छ । सोमबार धितोपत्र बजारमा नेप्से परिसूचक करिब २४ अंकले बढेको हो ।तीन दिन लगातार घटेर यस दिन नेप्से परिसूचक २३ दशमलब ९५ अंकले बढेको हो । नेप्से बढेर सोमबार १३ सय दशमलब ६२ अंकमा कायम भयो । सेयर बजारमा नेप्से बढेको दिन ९१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसक्रममा १ सय ८० कम्पनीका २४ लाख ९ हजार कित्ता सेयर कारोबारमा आए ।

यसदिन कारोबार खुलेको केही समय स्थिर देखिएको बजारमा साढे ११ बजेदेखि सुधार देखिन थालेको थियो । त्यसपछि करिब ४० मिनेट उकालो लागेर नेप्से घटेको भए पनि फेरि सम्हालिएर सुधारको बाटोमा लागेको हो । नेप्से बढ्दा यसदिन कारोबारमा आएका सबै समूहगत परिसूचक उकालो लागे । बढ्नेमा होटल समूह सर्वाधिक ४ दशमलब २६ अंकले बढ्दा समिट लघुवित्तका लगानीकर्ताले सर्वाधिक ७ दशमलब ७९ प्रतिशत सेयर मूल्य कमाए ।