नातिनीको जन्मदिनमा गौतम परिवारले बाढे न्यानो कपडा

प्रकाशित मिति:

बुटवल –  आफ्नी नातिनी हेजल न्यौपानेको तेस्रो जन्मदिनको अबसरमा बुटवल सुक्खानगरका शिव कुमार (अर्जुन) गौतम तथा माया गौतमले बुटवल -८ रामनगरमा रहेको जनता मा .बिमा न्यानो कपडा बितरण गरेका छन ।

बिद्यालयका कार्यबाहक अध्यक्ष नुमा थापाको अध्यक्षता ,हजुरआमा तथा बिद्यालयकी पूर्व अध्यक्ष माया गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिध्यालयकी प्राचार्य आशा बस्नेत थापा , हजुरबुवा अर्जुन गौतम ,मामा अशोक गौतम लगायतले मन्तब्य राखेका थिए भने सन्चालन शिक्षक राम प्रसाद पाण्डेले गरेका थिए ।

कार्यक्रममा करिब ४० जना बिपन्न विद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको मामा अशोक गौतमले जानकारी दिए । गौतम परिवारले यस अघी पनि बिभिन्न अबसर पारी सामाजिक कार्य गर्दै आइरहेको छ ।

थप समाचार