बुटवलमा गरे नायक प्रदिप खड्काले टि भी एस एन्टर्क रेस एडिसन सार्बजनिक

प्रकाशित मिति:

बुटवल । दुई पाङग्रे र तीन पाङ्ग्रे सवारी साधनहरुका लागि प्रतिष्ठित टिभीएस मोटर कम्पनीले ‘टिभीएस एनटर्क १२५ रेस एडिसन’ मोडेलको स्कुटर बुटवलमा सार्वजनिक गरेको छ । नेपाल को लागि आधिकारिक बिकेर्ता जगदम्बा मोटर्स प्रालि ले एउटा कार्यक्रम को बीच चितवन को आधिकारिक शोरुम मालाश्री मोटर्स बाट टि भी एस एन्टर्क रेस एडिसन सार्बजनिक गरेको छ  शुक्रबार सार्वजनिक सो स्कुटरमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड ल्याम्प अथार्त आकस्मिक बत्ती पनि छ, जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिन्छ ।

स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै “रेस इडिसन” ले टिभीएसको रेसिङ पेडिग्रीलाई झल्काउँछ । यो स्कुटर शानदार तीन संयोजन– म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।टिभीएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेश एक्जुक्युटिभ भाइस–प्रेसिडेन्ट आर दीलिपले टिभीएस एनटर्क १२५ सार्वजनिक गरेको दिनदेखि नै नेपालमा यसको जेन जेड ग्राहकहरुमाँझ निकै लोकप्रिय बन्न पुगेको बताए । उनले भने, ‘यसको आकर्षक एपिरियन्स र टिभीएस स्मार्ट एक्सकनेक्ट विशेषताबाहेक यसको प्रदर्शन टिभीएस एनटर्क १२५ को हलमार्क बनेको छ । यो स्कुटर टिभीएस रेसिंगको ३७ वर्षको समृद्ध पेडीग्रीबाट निर्माण गरिएको हो र यसलाई मनाउनका लागि रेस एडिसन सार्वजनिक गरिएको हो ।’जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, “टिभीएस एनटर्क १२५ को सार्वजनिकले नेपालको स्कुटर बजारमा ठुलो परिवर्तन ल्याएको छ । यो स्कुटर तल्कालै सबैमाँझ लोकप्रिय बन्न पुग्यो र हामी निश्चित छौं कि रेस एडिसनले थ्रिलको तत्व खोज्ने र स्कुटरमा अझ बढि अपेक्षा राख्ने ग्राहकहरुलाई सन्तुष्ट पार्नेछ ।”टिभीएस एनटर्क १२५, नेपालको स्पोर्टी ब्लुटुथ कनेक्टेड स्कुटर हो जुन प्रदर्शन, स्टाइल र प्रविधिका लागि परिचित छ । यो स्कुटर एक्सक्लुसिभ एप्लिकेसनसँग पेयर्ड गरिएको छ, टिभीएस कनेक्ट र रेस एडिसन प्रयोगकर्ताले स्पेशल रेस इन्सपायर्ड युजर इन्टरफेस एक्सेस गर्न सक्छन् ।

स्कुटरको शुक्रबार एक कार्यक्रमका बीचबुटवल उधोग बाणिज्य संघ का अध्यक्ष्यश्रीखेम हमाल , जगदम्बा मोटर्स प्रालिका मार्केटिंग म्यानेजर नबराज कोइराला र बालाजी अटोमोबाइल्स का निर्देशक राम थापा ज्यु लगाएत नेपालि एक्टर टि भी एस एन्टर्कका ब्राण्ड एम्बेसडर प्रदिप खड्का ज्यु ले संयुक्त रुपमा सार्वजनिक गरे ।नयाँ मोडलमा आएको यो स्कुटरमा एलईडी डीआरएल र एलईडी हेडल्याम्प रहेको छ । म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध यो स्कुटरमा हजार्ड ल्याम्प अर्थात आकस्मिक वत्ति रहेको छ भने भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै ‘रेसिङ पेडिग्री झल्काउने ‘रेस एडिसन’ पनि स्कुटरको प्रमुख विशेषता हो ।स्पोर्टी ब्लुटुथ कनेक्टेड यो टीभीएस एनटर्क १२५ सिसीको स्कुटर हो । यो स्कुटर माइलेज, स्टाइल र प्रविधिका लागि प्रख्यात छ । यसमा स्टेट अफ आर्ट सिभीटिआई–आरइभीभी १२४।७९ सीसी, सिंगल सिलिण्डर, फोर स्ट्रोक, ३ भल्भ, एयर कुल्ड इन्जिन रहेको जनाइएको छ ।कार्यक्रममा टीभीएस एनटर्क रेस एडिसन बुकिंग ग्राहक लाइ नायक प्रदिप खड्का लगाएत उधोग बाणिज्य संघ का अध्यक्ष र जगदम्बाकोमार्केटिंग म्यानेजर नबराज कोइराला ले २५ जना ग्राहकलाई टीभीएस एनटर्क १२५ रेस एडिसनको चावी हस्तान्तरण गरेका थिए