टिभीएस मोटर कम्पनीले सार्वजनिक गर्यो ‘१२५ रेस एडिसन’ मोडेलको स्कुटर

१३ माघ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


दुई पाङग्रे र तीन पाङ्ग्रे सवारी साधनहरुका लागि प्रतिष्ठित टिभीएस मोटर कम्पनीले ‘टिभीएस एनटर्क १२५ रेस एडिसन’ मोडेलको स्कुटर बुटवलमा सार्वजनिक गरेको छ ।नेपाल को लागि आधिकारिक बिकेर्ता जगदम्बा मोटर्स प्रालि ले एउटा कार्यक्रम को बीच चितवन को आधिकारिक शोरुम मालाश्री मोटर्स बाट टि भी एस एन्टर्क रेस एडिसन सार्बजनिक गरेको छ शुक्रबार सार्वजनिक सो स्कुटरमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ ।यो स्कुटरमा तीन संयोजन– म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

टिभीएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेश एक्जुक्युटिभ भाइस–प्रेसिडेन्ट आर दीलिपले टिभीएस एनटर्क १२५ सार्वजनिक गरेको दिनदेखि नै नेपालमा यसको जेन जेड ग्राहकहरुमाँझ लोकप्रिय बन्न पुगेको बताए ।स्कुटरको एक कार्यक्रमका बीच बुटवल उधोग बाणिज्य संघ का अध्यक्ष्यश्रीखेम हमाल , जगदम्बा मोटर्स प्रालिका मार्के्टिंग म्यानेजर नबराज कोइराला र बालाजी अटोमोबाइल्स का निर्देशक राम थापा ज्यु लगाएत नेपालि एक्टर टि भी एस एन्टर्कका ब्राण्ड एम्बेसडर प्रदिप खड्का ले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया