कपिलवस्तुमा अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी

१३ माघ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


इमरान खान / कपिलवस्तु  – कपिलवस्तुमा अज्ञात समूहले एनसेल टावरमा आगजनी गरेका छन् । बाणगंगा न।पा। वडा नं। १० स्थित पटनामा रहेको एनसेल टावरमा आगजनी भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुष कुमार जोशीले टावरमा सामान्य आगजनी भएको बताउँदै आगजनी गर्ने समूहको खोजी भइरहेको बताउनुभयो ।

आइतबार राती टावरमा आगजनी हुँदा सामान्य क्षति भएको छ । प्रारम्भिक अनुमान अनुसार आगजनीमा नेत्रविक्रम चन्द विप्लव समूह संलग्न रहेको आँकलन गरे पनि पुष्टि भइनसकेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया