नेविसंघका दुई पक्षबीच फेरि झडप

१३ माघ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरुबीच पार्टी कार्यालय सानेपामा झडप भएको छ ।पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै सोमबार अपराह्न नेबीस‌ंघका नेताहरुबीच पुनः झडप भएको हो ।यसअघि यही विषयलाई लिएर दिँउसो समेत झडप भएको थियो । विरोध प्रदर्शन गरिरहेको कुन्दनराज काफ्ले समूहमाथि हातपात र आक्रमण भएको उक्त समूहले दाबी गरेको छ ।पार्टी सभापति शेरबहादुर देउवा कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघका पूर्वमहामन्त्री

कुन्दनराज काफ्ले समूहले अवरोध सिर्जन गरेपछि दिउँसो संस्थापन समूहसँग हात हालाहाल भएको थियो । पूर्व महामन्त्री काफ्लेले भाषण गर्दै गर्दा संस्थापन पक्षका विद्यार्थीले गमला प्रहार गरेको आरोप काफ्ले समूहले लगाएको छ । गमलाले लागेर केही विद्यार्थी समेत घाइते भएका छन्। तर संस्थापन पक्षले भने सामान्य विवाद भएको दाबी गरेको छ ।लामो समयदेखि काफ्ले नेतृत्वको समूह पार्टी कार्यालयमा रिले अनसनमा समेत बसेको छ ।नेविसंघको विधानमा केन्द्रीय पदाधिकारी ३२ वर्ष भन्दा माथिको व्यक्ति हुन नहुने उल्लेख छ । तर संस्थापन पक्ष र अनन्तुष्ट पक्षले विधान विपरित बढी उमेरका नेतालाई अध्यक्ष बनाउन लागेपछि तनाव भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया