बास्केटबल स्टार कोबे खेलाडीमात्र हैन महान् व्यक्ति पनि थिए

१३ माघ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


विश्व प्रसिद्ध अमेरिकी बास्केटबल स्टार कोबे ब्रायन्टको आइतबार हेलिकप्टर दुर्घटनामा मृत्यु भयो। हेलिकप्टरमा उनकी १३ वर्षीया छोरी जियानासहित ९ जना सवार थिए।४१ वर्षीय ब्रायन्ट चढेको हेलिकप्टर लस एन्जलसको पश्चिमको कालाबासासको पहाडी भागमा दुर्घटनाग्रस्त भएको थियो। खोज तथा उद्धार टोली दुर्घटनास्थलमा तत्कालै पुगे पनि कसैलाई बचाउन सकेनन्।अमेरिकी बास्केटबल एसोसिएसनमा पाँच पटकका च्याम्पियन तथा दुई पटक ओलम्पिक स्वर्ण पदक विजेता ब्रायन्टलाई अमेरिकी इतिहासमा महान् बास्केटबल खेलाडी रहेका ब्रायन्टको निधनलाई विश्व खेल जगतको कालो दिनका रूपमा सेलिब्रेटी, खेलाडी तथा विश्वप्रसिद्ध व्यक्तिहरूले व्याख्या गरेका छन्।धेरै बास्केटबल खेलाडीका लागि पथप्रदर्शकसमेत रहेका ब्रायन्टले लस एन्जलस लेकर्समा दुई दशक बिताएका थिए।‘कोबे एक महान् खेलाडी थिए, उनलाई गुमाउनु हाम्रा लागि दुर्भाग्यको कुरा हो, गियान्ना  कोबेकी छोरीलाई गुमाउनु हामी जस्ता अभिभावकका लागि त्यो भन्दा पनि दुःखको कुरा हो,’ अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले समवेदना व्यक्त गर्दै भने,

‘मेरी श्रीमती मिकेल र मेरोतर्फबाट ब्रायन्टको परिवारका लागि प्रार्थना गर्छौं।’लस एन्जलसका अग्निनियन्त्रकहरूले भिरालो पहाडी इलाकामा पुगेर उद्धार कार्यमा जुटे पनि कसैलाई बचाउन नसकेको यातायात कार्यालयले जनाएको थियो।‘बास्केटबल जगतकै उत्कृष्ट मध्येका एक खेलाडी ब्रायन्टले भर्खरै मात्र नयाँ जीवनको सुरुआत गरेका थिए,’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भन्छन्, ‘उनी परिवारलाई असाध्यै माया गर्थे। र, भविष्यका लागि एकदमै धैर्यवान् थिए। उनकी सुन्दर छोरी गियान्नालाई गुमाउँदा यो क्षण अझ विनाशकारी बनेको छ।’‘म कोबेलाई धेरै माया गर्थेँ, उनी मेरा लागि कान्छो भाइजस्तै थिए’, ६ पटकका एनबिए च्याम्पियन माइकल जोर्डन भन्छन्, ‘म उनीसँग प्राय सधैँ कुरा गर्थेँ। र, अब म त्यो कुराकानी ‘मिस’ गर्नेछु।’कोबेको निधनप्रति विश्व फुटबलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, लियोनेल मेसी, पाउल पोग्बा जस्ता खेलाडीले समवेदना प्रकट गर्दै परिवारका लागि प्रार्थना गरेका छन्। नेइमारले आइतबार राति नै भएको खेलमा गरेको गोल उनैप्रति समर्पित गरेका छन् भने टेनिस खेलाडी निक किर्गियोस्ले अस्ट्रेलियन ओपनको खेलअघि उनकै ९कोबे० जर्सी लगाएर वार्मअप गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • जुम्लाको तिला गाउंपालीका मा आगलागीबाट २५ घर जलेर नष्ट
  • कक्षा १२ को परिक्षाफल आउन अझ केही दिन लाग्ने
  • सुरु भयो कोरोना खोप अभियान
  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
  • अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…
  • पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण
  • रुपन्देहीको सियारी गाउँपालिकामा खरका छाना विस्थापित गरिने
  • धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्याम्पसको १२ औँ बार्षिकोत्सव सम्पन्न