क्रिकेट टुर्नामेन्टमा चार समुह विजयी

१३ माघ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


 झविन्द्र देवकोटा / बुटवल –  बुटवलमा संचालित मैत्रीपुर्ण नकआउट क्रिकेट टर्नामेन्ट अन्तरगत सोमबार भएको खेलमा चार समुह विजयी भएका छन् । बुटवल उद्योग बाणिज्य संघ बस्तुगत मोवाईल समितिको आयोजनामा भएको क्रिकेट टुर्नामेन्टमा रोयल ल्यालेन्जर बुटवल, टिम रकर बुटवल, अमरपथ लायन्स र सुपर किङ्स इलाभेन ट्रफिक चोक विजयी भएका हुन् । बुटवल बाणिज्य क्याम्पसको खेल मैदानमा सोमबार भएको पहिलो चरणको खेलमा रोयल्सले टिम माउन्टेनलाई ९ रनले, टिम रकरले टिम ओप्पो राईनोजलाई १५ रनले,अमरपथले सितारा वारियर्सलाई ६ विकेटले र सुपर किङ्सले टिम एनसेललाई ७ विकेटले हराएको खेल संयोजक भुवन पाण्डेले जानकारी

दिनुभयो । प्रतियोगितामा विजयी भएका समुहले आउने सोमबार हुने सेमिफाईनल र फाईनलमा प्रतिस्प्रर्धा गर्ने मोवाईल समितिले जनाएको छ। मोवाईल समितिका अध्यक्ष विष्णु ज्ञवालीले बलिङ्ग गरेर उद्घाटन गरिएको क्रिकेट टुर्नामेन्ट उद्घाटन कार्यक्रममा राष्ट्रिय क्रिकेटर बसन्त रेग्मी, मोवाईल समितिका सल्लाहकार एमएल पाण्डे, रिन्कु लिगल लगायतले बुटवलमा छरिएर रहेका ब्यवसायीबीचमा एकता कायम गर्नका लागि खेलाइएको मैत्रीपुर्ण खेल सकारात्मक भएको बताउनुभयो । प्रतियोगिताका विजेतालाई शिल्ड तथा नगद सहित पुरस्कृत गरिने अध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया