वैज्ञानिक व्यायाम, जसले मस्तिष्कलाई फाइदै-फाइदा

१३ माघ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


हामीले सुन्दै आएका छौँ, व्यायाम हाम्रो लागि लाभप्रद छ वा कसरी यसले हाम्रो शरीरका अङ्‌गलाई बलियो बनाई मधुमेहजस्ता रोग नियन्त्रण गर्छ। त्यसैले हामी नयाँ वर्षमा ‘रिजोलुसन’ लिन्छौँ, नियमति व्यायाम गर्ने। तर यसबाहेक पनि व्यायामको अन्य महत्त्व छ  खुसी हुन, आशावादी हुन, सम्बन्ध विस्तार गर्न र बलियो हुन।विश्वभर जो शारीरिक रूपले सक्रिय छन्, उनीहरू ज्यादा खुसी र सन्तुष्ट हुन्छन्। उनीहरू बढी कृतज्ञ, मायालु, आशावादी र सकारात्मक हुन्छन्। उनीहरू आफ्ना समुदायसँग बढी जोडिएका हुन्छन् र एक्लोपन वा निराशाबाट कम गुज्रिन्छन्।यी फाइदा जीवनभरमा देखिन्छ। किन व्यायामले यति धेरै मनोवैज्ञानिक लाभ दिन्छ तरु यसको सबैभन्दा महत्त्वपूर्ण कारण मस्तिष्कमा व्यायामले पार्ने प्रभाव हो। यी पाँच कारणहरूले देखाउनेछ किन शारीरिक रूपले सक्रिय हुनु दिमागका लागि लाभदायी छ । १. व्यायामले अरूसँग सम्पर्क बढाउँछ – धावकले दौडने क्रममा जति आनन्द महसुस गर्छ, त्यति नै अन्य व्यायामबाट पनि पाउन सकिन्छ। वैज्ञानिकहरूले लामो समयदेखि इन्डोर्फिन हर्मोनका कारण यस्तो भएको बताएका थिए, तर नयाँ अध्ययनलहरूले यसको कारण मस्तिष्कले उत्पादन गर्ने इन्डोक्यानाबिनोइड्स नामक अर्को रसायनसँग जोडेका छन्। यसलाई सामान्य रूपले ‘चिन्ता नगर, खुसी होऊ’ भन्ने रसायन मानिन्छ।तनाव हुँदा सक्रिया हुने मस्तिष्कको भाग यस इन्डोक्यानाबिनोइड्स रसायनप्रति संवेदनशील हुन्छ। जब यी रसायन तनावका बेला सक्रिय हुने मस्तिष्कको भागमा पुग्छ, यसले तनाव घटाउँदै जान्छ र सन्तुष्टि प्रदान गर्छ। अझ, यसले मस्तिष्कमा डोपामाइनको मात्रा बढाउँछ, जसले झन् सकारात्मक र आशावादी भावना बढाउँछ।

यसले अरू मानिससँग रहँदा हुने खुसी बढाउँदै सम्बन्ध विस्तार गर्न पनि मद्दत गर्छ। यसरी सम्बन्ध झन् प्रगाढ बन्न सक्छ। प्रायःले साथीभाइसँग सम्पर्क बढाउन पनि व्यायाम गर्ने गर्छन्।२. व्यायामले मस्तिष्कलाई खुसी हुन सिकाउँछ – व्यायाम गर्दा मस्तिष्कको खुसी हुने र आशावादी हुने भाग सक्रिय हुन्छ। नियमित व्यायामसँगै डोपामाइनको मात्रा बढ्दै जान्छ र यसले निराशा हटाउँदै जान्छ।लागुपदार्थ दुर्व्यसनीबाट मस्तिष्कमा हुने क्षति पनि यसरी व्यायामले ठीक गर्न सक्छ। लागु पदार्थले मस्तिष्कमा डोपामाइनको मात्रा घटाउँछ र यस कारण दुव्यर्सनीहरू निराश, असामाजिक र खुसी हुन नसक्ने हुन्छन्। व्यायामले यसलाई उल्टाउन सक्छ।दुर्व्यसनी मात्र नभई उमेरसँगै मस्तिष्कले प्रत्येक १० वर्षमा झन्डै १३ प्रतिशतसम्म डोपामाइन रिसेप्टर गुमाउँछ। प्रत्येक दिन कम खुसी हुँदा डोपामाइन रिसेप्टर गुम्ने हो, तर व्यायामले यसलाई पुनर्स्थापना गर्न सक्छ।३. व्यायामले तपाईंलाई बलियो बनाउँछ – शारीरिक गतिविधिले मस्तिष्कमा पार्ने अर्को असर हो, बलियो बनाउने। मस्तिष्कको विभिन्न भागबीच सम्बन्ध बढाउँदै व्यायामले तनाव घटाउँछ। नियमित शारीरिक अभ्यासले मस्तिष्कलाई बलियो बनाउँदै झैझगडा वा डरबाट टाढा राख्छ।व्यायामसँगै ल्याक्टेटको उत्पादनमा वृद्धि हुन्छ, यसलाई पहिले मासु सुन्निने कारण मानिन्थ्यो। तर यसले मानसिक स्वास्थ्यमा सकारात्मक असर गर्छ। मासुले यसरी ल्याक्टेट उत्पादन गरेपछि यो रक्तनली हुँदै मस्तिष्कसम्म पुग्छ। यसले तपाईंको तनाव र निराशा घटाउँछ।कहिलेकाहीँ अलिकतै चल्दै पनि हामी शक्तिशाली महसुस गर्छौं। हामीले बोलीचालीमा प्रयोग गर्दा पनि बलियो भन्नु शारीरिक कार्यसँग जोड्छौँ, जस्तै गह्रुँगो सामान उचाल्ने, भार बोक्ने, आगोमा हिँड्ने, बाधा फुकाउने आदि।

४ अरूसँग व्यायाम गर्दा आपसी सद्‌भाव र विश्वास बढाउँछ – सन् १९१२ मा फ्रान्सेली समाजशास्त्री इमाइल दुर्खिमले भनेझैँ सँगै काम गर्दा, भजन गर्दा वा हिँड्दा आफूलाई बिर्सेर सामूहिक भाव अँगाल्छ। यसरी नै सँगै व्यायाम, योग वा नृत्य गर्दा हामी सामूहिकतामा रमाउँछौँ।सँगै एउटै किसिमले काम गर्दा इन्डोर्फिन उत्पाद हुनाले सामूहिक खुसी मिल्ने मनोवैज्ञानिकहरू बताउँछन्। त्यसैले एउटै लयमा नाच्नेहरूले धेरै पीडा सहन पनि सक्छन्। तर इन्डोर्फिनले स्वस्थ भावना ल्याउने मात्र होइन, सम्बन्ध पनि बढाउँछ।समूहमा रहेर उस्तै काम गर्नेहरूबीच विश्वास र नजिकपना बढ्छ, यो हामीले थाहै नपाई मित्रवत् सम्बन्ध बढ्ने शक्तिशाली न्यूरो बायोलोजिकल प्रक्रिया हो।सामूहिक व्यायाम वा अभ्यासले सामाजिक लाभ पनि प्रदान गर्छ। जस्तै: जति तपाईंको धड्कन बढ्छ, त्यति सँगैका मानिससँग तपाईंको सम्बन्ध बढ्छ र यसलाई सङ्‌गीतले झन् सकारात्मक असर गर्छ। योग गर्दा सँगै श्वास फेर्दा पनि यसरी सामूहिक भावना बढ्छ।५. नयाँ कामले तपाईं आफ्नो छवि परिवर्तन गर्न सक्नुहुन्छ – प्रत्येकपटक तपाईंले शरीर चलाउँदा प्रत्येक अङ्‌गले के भइरहेको छ भनी मस्तिष्कमा सूचना पठाउँछ। त्यसैले तपाईंले आँखा बन्द गरेर हात चलाए पनि आफ्नो हात कहाँ छ अनुभव गर्न सक्नुहुन्छ। यसरी शरीरको चाललाई अनुभव गर्ने क्षमतालाई कहिलेकाहीँ छैटौँ इन्द्रिय भनिन्छ। यसले सजिलै हिँड्न वा चल्न सहयोग गर्छ, आफू कस्तो र कहाँ छु तथा अरूले कस्तो देख्छ भन्ने कल्पना गर्न लगाउँछ।कुनै शारीरिक क्रियाकलापमा संलग्न हुँदा मस्तिष्कले कसरी हिँड्नुहुन्छ भन्ने मापन गर्छ। शारीरिक सुगठनताले तपाईं आफूलाई कसरी हेर्नुहुन्छ भन्ने परिवर्तन गर्छ।हामी हिँड्नका लागि जन्मिएका हौँ र यसरी व्यायामको मनोवैज्ञानिक एवं सामाजिक आरोग्यमा असर थुप्रै छ। त्यसैले यस्तो नयाँ कार्य किन नगर्नेरु व्यायाम गर्दा तपाईं झन् स्वस्थ, खुसी र सामाजिक हुन्छ भन्नेमा कुनै शङ्‌का छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया